(Japan) 24 th October | 2026 | Saturday | 8:52:29 AM || (Nepal) 5:37:29 AM
 
 


जापानबाट नेपाल जाँदै हुनुहुन्छ ? कसले पीसीआर परीक्षण गराउनु पर्छ, कसले पर्दैन ? बुझिराख्नुस्

  POSTED ON : Monday, 21 March, 2022 | Views : 7520

जापानबाट नेपाल जाँदै हुनुहुन्छ ? कसले पीसीआर परीक्षण गराउनु पर्छ, कसले पर्दैन ? बुझिराख्नुस्


टोकियो, जापान ।

जापानबाट नेपाल जाँदा कोभिड–१९ विरुद्धको खोपको पूरा मात्रा नलगाएकाहरुले कोभिड परीक्षण गराउनु पर्नेछ ।

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सीमानाका तथा त्रिभुवन विमानस्थलमा रहेका हेल्थ डेस्कहरुमा कोभिड लगायत अन्य संक्रामक रोगको परीक्षण सम्बन्धी मापदन्ड  निर्धारण गरेको छ ।

केन्द्रले जारी गरेको सूचनाअनुसार पूरा खोप नलगाएकाहरुले परीक्षण गराउनु पर्ने भएको हो । कोभिड–१९ को संक्रमणसँग मिल्दो जुल्दो लक्षण देखिएकाहरुले पनि परीक्षण गराउनु पर्नेछ ।

कोभिड विरुद्ध पूरा खोप नलगाएका वा ७२ घन्टा भित्र कोभिडको परीक्षण (आरटी पीसीआर, टु नाट, जीन एक्सपर्ट)को नेगेटिभ रिपोर्ट नभएका यात्रीहरुले पनि परीक्षण गराउनु पर्नेछ ।

कोभिड विरुद्ध पूरा खोप लगाएको , ७२ घन्टा भित्र कोभिडको परीक्षण (आरटी पीसीआर, टु नाट, जीन एक्सपर्ट)को नेगेटिभ रिपोर्ट आएको भएपनि कोभिड–१९ को संक्रमणको लक्षण देखिएका यात्रहिरुले पनि परीक्षण गराउनु पर्नेछ ।

पूरा खोप नलगाएका ५ वर्ष वा सो भन्दा बढी उमेरका बालबालिकाहरु वा ७२ घन्टाभित्र कोभिडको परीक्षण नेगेटिभ नआएका अथवा दुई मध्ये एक भएपनि कोभिडसँग मिल्दोजुल्दो लक्षणहरु देखिए उनीहरुको पनि पीक्षण गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ ।