(Japan) 24 th October | 2026 | Saturday | 8:52:41 AM || (Nepal) 5:37:41 AM
 
 


जापानी स्कुलका अनौठो नियम छात्राहरुले एक चुल्ठी बाट्दा केटाहरुमा उत्तेजना ! अण्डरवेयर देखी स्कर्टमा अनेक नियम

  POSTED ON : Sunday, 13 March, 2022 | Views : 4590

जापानी स्कुलका अनौठो नियम छात्राहरुले एक चुल्ठी बाट्दा केटाहरुमा उत्तेजना ! अण्डरवेयर देखी स्कर्टमा अनेक नियम


टोकियो, जापान ।

के केटीहरुले कपालमा बाटेको चुल्ठीले केटाहरुमा यौन उत्तेजना आउँछ ? धेरैलाई यस्तो प्रश्न वाहियात लाग्न सक्दछ ।

तर जापानका कतिपय विद्यालयहरुले भने छात्रहरुमा यौन उत्तेजना ल्याएको भन्दै छात्राहरुलाई कपालको एउटा चुल्ठी बाट्न अर्थात् ‘पोनीटेल’ बनाएर आउन प्रतिबन्ध लगाएका छन् ।

द न्युयोर्क टाइम्समा छापिएको खबर अनुसार जापानका स्कुलमा एउटा चुल्ठी बाट्न नपाइनुका अलवा अन्य कतिपय यस्ता नियमहरु पनि छन् जो निकै असहज लाग्दछन् ।

कतिपय स्कुलमा मोजाको रङ, ‘स्कर्ट’को लम्बाइदेखि ‘अण्डरवेयर’का विषयमा पनि अनौठा नियम तोकिएको हुन्छ । केटीहरुले केबल सेतो रङको ‘अण्डरवेयर’ लगाउनुपर्ने नियम हुन्छ स्कुलहरुमा । त्यस्तै कपालमा कलर गरेर अरु रङ बनाउन पाइँदैन र कालो हुनै पर्दछ ।

छात्राहरुले एउटा चुल्ठी बाट्न नपाउने उक्त नियमलाई लिएर सन् २०२० मा जापानको फुकुओका इलाकाका विभिन्न स्कुलहरुमा सर्भेक्षण गरिएको थियो । त्यसक्रममा छात्राहरुले एउटा चुल्ठी बाट्दा नाङ्गो गर्धन देखिने र त्यसले केटाहरुमा यौन उत्तेजना आउने कतिपयको तर्क थियो ।

धेरै मानिसको त्यस्तो धारणा पाएसँगै स्कुलहरुमा छात्राहरुलाई एउटा चुल्ठी बाट्नमा प्रतिबन्ध लगाइयो । जसका कारण छात्राहरुलाई त्यस्तो नियम मान्नुको विकल्प रहेन ।

स्कुलहरुले यो नियमलाई जबरजस्ती लागू गरेका छन् । कतिपय यस्ता अनौठो र परम्परागत नियमहरुलाई ‘ब्ल्याक रुल्स’ पनि भनिन्छ ।