(Japan) 24 th October | 2026 | Saturday | 8:53:25 AM || (Nepal) 5:38:25 AM
 
 


जापानको भिसा लगाउन बाँकी भएकाको लागि थप सहजता, सिओइको म्याद थपियो

  POSTED ON : Wednesday, 02 March, 2022 | Views : 10154

जापानको भिसा लगाउन बाँकी भएकाको लागि थप सहजता, सिओइको म्याद थपियो


टोकियो, जापान ।

जापान सरकारले लामो समय देखी जापान प्रबेशको अनुमतिपत्र (COE) पाएर भिसा लगाउन नपाएका वा भिसा लगाएर पनि प्रबेश नपाउंदै भिसाको म्याद गुज्रिएकाहरुको लागि प्रबेशमा थप सहजता प्रदान गरेको छ ।

जापान अध्यागमन बिभागले मार्च १ मा एक सूचना जारी गर्दै सन २०२० जनवरी १ देखी सन २०२२ जुलाई ३१ सम्म जारी भएका सिओइको बैध अवधी बढाएको छ ।

जारी सूचना अनुसार सन २०२० जनवरी १ तारिखबाट सन २०२२ जनवरी ३१ तारिखसम्म जारी सिओइको म्याद सन २०२२ जुलाई ३१ तारिखसम्म बैध हुनेछ । अर्थात यस अवधिमा जारी सिओइ बाहकले सिओइमा जुनसुकै मिती उल्लेख भएतापनि आगामी जुलाई ३१ सम्म भिसा आबेदन दिन सक्नेछन ।

अध्यागमन बिभागले सन २०२२ फेब्रुवरी १ तारिखदेखी जारी भएका र जुलाई ३१ तारिखसम्म जारी हुने सबै सिओइको म्याद ६ महिना हुने जनाएको छ । सूचना अनुसार सिओइ जारी भएको मितिले ६ महिना भित्रमा आबेदकले भिसा आबेदन दिन सक्नेछन ।

यसअघी सिओइको म्याद मार्च अन्त्यसम्म थप गरेको जापानले मार्च १ तारिखबाट पर्यटक बाहेक सबै खाले नयाँ भिसा बाहकको प्रबेश खुलाएको छ । प्रबेश खुलेपनि दैनिक प्रबेश सिमा संख्या ५,००० रहँदा सिओइको म्याद गुज्रने सम्भावनाका बिच जापानले सिओइको म्याद थप गरेपछि पुन नयाँ सिओइ मगाउनुपर्ने झन्झटबाट मुक्त भएका छन ।

पछिल्लो समय ओमिक्रोन कोभिड संक्रमण घट्दै जाँदा जापानले बिदेशिको नयाँ प्रबेशमा सहजता प्रदान गर्दै गइरहेको छ ।