टोकियो, जापान ।
नेपालबाट जापान लामो अवधिका लागि आउने जो कसैले अब क्षयरोग परीक्षण गरेर रोग नलागेको रिपोर्ट पेस गर्नुपर्ने भएको छ ।
नेपालबाट जापान पहिलो पटक आउने, तीन महिना भन्दा लामो बसाई बस्ने भएका सीओई बाहकहरुले नेपालमा सिओई बुझाउनुअघि क्षयरोगको परीक्षण गरेर रोग नलागेको सर्टिफिकेट साथमा राखेर बुझाउनुपर्ने छ ।
जापान सरकारले आफूलाई क्षयरोग नलागेको प्रमाणित गराउने परीक्षण नेपालका नौ वटा अस्पतालहरुमा गर्न सकिने भनि तोकेको छ ।
यो नियम सन् २०२५ जुन २३ तारिख सोमबारबाट लागू हुनेछ । अर्थात् जुन २२ तारिख भित्र जापान प्रवेश गर्नेको हकमा यो अनिवार्य नभएपनि जुन २२ तारिख मध्यरातपछि जापान अवतरण हुने तीन महिना भन्दा बढि समय जापानमा बस्ने सिओई बाहकहरुले अनिवार्य रुपमा क्षयरोग नलागेको परीक्षण रिपोर्ट साथमा ल्याउनुपर्नेछ ।
त्यसको लागि तल उल्लेखित तोकिएका अस्पतालहरुमा जापानको लागि क्षयरोग परीक्षण रिपोर्ट भनेर परीक्षण गराई रिपोर्ट प्राप्त गर्न सकिन्छ ।
〈काठमाडौं〉
① CIWEC Hospital Pvt. Ltd.
② Grande International Hospital
③ IOM Migration Health Assessment Center
④ Nepal Mediciti Hospital (Registered as Ashwins Medical College & Hospital Pvt. Ltd.)
⑤ Norvic International Hospital & Medical College Ltd
⑥ Siddhi Poly Clinic Health Service
⑦ Travel And Mountain Medicine Centre
〈पोखरा〉
⑧ CIWEC Hospital Pvt. Ltd
〈दमक〉
⑨ IOM Migration Health Assessment Center, Damak