(Japan) 21 st February | 2024 | Wednesday | 9:55:20 PM || (Nepal) 6:40:20 PM
 
 


जापानमा विदेशी कामदार २० लाख नाघ्यो, नेपाली कामदार १४५,५८७ पुग्यो

  POSTED ON : Saturday, 27 January, 2024 | Views : 650

जापानमा विदेशी कामदार २० लाख नाघ्यो, नेपाली कामदार १४५,५८७ पुग्यो


टोकियो, जाापान ।

गत अक्टोबरको अन्त्यसम्ममा जापानमा विदेशी कामदारको संख्या पहिलो पटक २० लाख पुगेको छ । देशमा वृद्ध जनसंख्याको बीचमा कामदारको अभाव बढिरहँदा बिदेशी कामदारको संख्यामा उच्च बृद्धि देखिएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ ।

गत वर्षको तुलनामा एकै बर्ष २ लाख २५ हजार ९५० जना बिदेशी कामदार बढेका छन् । सन् २०२३ मा १२.४ प्रतिशत बिदेशी कामदारको संख्या बृद्धि भएर २,०४८,६७५ पुगेको हो । जापानको कडा कोरोनाभाइरस सीमा नियन्त्रणको अन्त्य पछि प्राविधिक इन्टर्नहरू र एसएसडब्ल्यु भिषामा कामदार ल्याउने क्रम चुलिएको कारण बिदेशी कामदारको संख्यामा बृद्धि भएको हो ।

सन् २०१३ देखि विदेशी कामदारको सङ्ख्या लगातार वार्षिक उच्च दरमा पुगेको छ तर गत वर्षको वृद्धिले अघिल्लो वर्षको तुलनामा ५.५ प्रतिशतले बृद्धि भएको छ।

विदेशी नागरिकलाई रोजगारी दिने कार्यस्थलको संख्या ६.७ प्रतिशतले बढेर ३१८,७७५ को नयाँ उचाइमा पुगेको छ, जापानी फर्महरूले श्रम अभावको सामना गर्न थालेपछि बिदेशी कामदार राख्ने क्रम बढाउँदै लगेका छन् ।

निर्माण, चिकित्सा र कल्याणकारी क्षेत्रहरूमा सबैभन्दा धेरै विदेशी कामदारहरू भर्ना गरेसँगै, वृद्धि दर पूर्व महामारी स्तरको नजिक पुगेको श्रम मन्त्रालयका अधिकारीले बताएका छन् ।

राष्ट्रियताको आधारमा, भियतनामी कामदारहरू सबैभन्दा धेरै रहेका छन् । जापानमा हाल ५१८,३६४ जना भियतनामी कामदारहरु छन् । यो संख्या कुल कामदारको २५.३ प्रतिशत हो ।

त्यसपछि चिनियाँहरू ३९७,९१८ अर्थात् १९.४ प्रतिशत, फिलिपिनो २,२६,८४६ वा ११.१ प्रतिशत र नेपाली १,४५,५८७ वा ७.१ प्रतिशत छन् ।

रेसिडेन्सी स्थिति अनुसार, विशेषज्ञ र इन्जिनियर भिसामा २४.२ प्रतिशत अर्थात् ५९५,९०४ जना रहेका छन् । प्राविधिक इन्टर्नहरू २०.२ प्रतिशत अर्थात् ४१२,५०१ जना रहेका छन् ।

प्राविधिक इन्टर्नसिप कार्यक्रम अन्तर्गत काम गर्ने व्यक्तिहरूमा पुनः बृद्धि देखिरहँदा सरकारले विवादास्पद योजना खारेज गर्ने विचार गरिरहेको छ, जुन कम लागतको श्रम आयातको लागि आलोचना भइरहेको छ ।

यसको विपरित, जापानी भाषा अध्ययन गरेर काम गर्ने व्यक्तिहरू सहित विभिन्न रेसिडेन्सी प्रकारहरूमा लागू हुने तोकिएको गतिविधिमा भिषा बाहकहरुको संख्या २.३ प्रतिशतले घटेर ७१,६७६ कायम भएको छ ।

स्थानको आधारमा, टोकियोमा सबैभन्दा धेरै विदेशी कामदारहरूको जनसंख्या ५४२,९९२ जना रहेका छन् ।

त्यसपछि मध्य जापानको आइची प्रिफेक्चर २१०,१५९ र देशको पश्चिममा ओसाका प्रिफेक्चरमा १,४६,३८४ विदेशी कामदार बसोबासरत छन् ।