(Japan) 21 st February | 2024 | Wednesday | 8:10:57 PM || (Nepal) 4:55:57 PM
 
 


नेपालबाट भिजिट भिसामा जान नयाँ नियम, ६ वटा कागजात अनिवार्य (सम्पूर्ण विवरण सहित)

  POSTED ON : Wednesday, 24 January, 2024 | Views : 792

नेपालबाट भिजिट भिसामा जान नयाँ नियम, ६ वटा कागजात अनिवार्य (सम्पूर्ण विवरण सहित)


काठमाडौं, नेपाल ।

नेपाल सरकारले भिजिट भिसामा बिदेश जान चाहने नेपालीलाई १३ बुँदे यात्रा परामर्श जारी गरेको छ । साथै विदेश जानका लागि अनिवार्य आवश्यक पर्ने ६ वटा कागजातको विवरण यसमा उल्लेख गरेको छ ।

बुधबारदेखि नै लागू हुनेगरी भिजिट तथा पर्यटक भिसामा विदेश जान आवश्यक पर्ने कागजातमा कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने प्रावधानलाई यथावत राखिएको छ । अर्थात् ६ महिना भन्दा कम पासपोर्टको मिति छ भने बिदेश उड्न पाईंदैन । यहाँ भूल्न नहुने कुरा के हो भने अन्य भिषा बाहकले बिदेश उड्दा कम्तिमा ३ महिनाको पासपोर्टको वैध अवधि अनिवार्य हुनुपर्छ ।

भ्रमण गर्ने देशको अनआराइभल भिजा हुने भए भिजा आवश्यक नपर्ने उल्लेख गरिएको छ । यसैगरी दुईतर्फी हवाई टिकट अनिवार्य हुनुपर्ने कुरालाई जोड दिइएको छ ।

भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र उल्लेख हुनुपर्ने व्यवस्था गरिएको छ ।

भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५ सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण पेस गर्नुपर्दछ । यसका लागि डेबिट वा क्रेडिट डलर कार्ड भए पनि हुने पनि उल्लेख गरिएको छ ।

संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा फारम भर्नुपर्ने अध्यागमन विभागले उल्लेख गरेको छ ।

सम्पूर्ण नियमहरु पढ्न यहाँ क्लिक गर्नुहोस्