कोबे, जापान ।
पश्चिमी जापानको ह्योगो प्रान्तको आशियामा बस्ने ११५ वर्षीया महिला तोमिको इतोका जापानको सबैभन्दा बृद्ध महिला बन्नुभएको छ । हालै यो उपाधि प्राप्त गर्ने ११६ वर्षीय वृद्धको मृत्युपछि जापानको सबैभन्दा वृद्ध व्यक्ति इतोका बनेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मे २३, १९०८ मा ओसाकामा जन्मनुभएकी इतोका तीन भाइबहिनीमध्ये जेठी हुनुहुन्छ र उहाँ अहिले बस्ने सहरका अनुसार विद्यार्थीकालमा भलिबल क्लबसँग आवद्ध हुनुहुन्थ्यो ।
सन् २०१९ मा आशियाको नर्सिङ होममा प्रवेश गर्दा उहाँ आफैं हिँडडुल गर्न सक्षम हुनुहुन्थ्यो, तर आजकल बैठक कोठामा खाना खान ह्वीलचेयरमा बस्नुपरेको कर्मचारीले बताएका छन् ।
नर्सिङ होममा अनुसार इतोका मिठाई मन पराउनुहुन्छ भने प्रोबायोटिक पेय क्याल्पिस पिउँदा उहाँ आनन्द अनुभव गर्नुहुन्छ ।
उहाँको जन्मदिन हरेक वर्ष मनाइने गरिएको छ । अप्रिलमा २६ वर्षको उमेरमा जापानको इतिहासमा सबैभन्दा कान्छा मेयरका रूपमा निर्वाचित आशियाका मेयर रियोसुके ताकाशिमा यस वर्ष उनलाई बधाई दिन आएका थिए ।
काशिवारा, ओसाका प्रिफेक्चरमा ११६ वर्षीया फुसा तात्सुमीको मृत्युपछि इतोका जापानको सबैभन्दा वृद्ध व्यक्ति बन्नुभएको हो । फुसाको मंगलबार बिहान ९ः२५ बजे निधन भएको थियो ।
नयाँ बृद्ध व्यक्तिको रेकर्ड बनाउनुभएकी इतोकालाई हाल फ्लू भएको उनको नर्सिङ होमले जनाएको छ । उनी निको भएपछि जापानकै बृद्ध व्यक्ति बनेपछिको धारणा लिने नर्सिङ होमले जनाएको छ ।