(Japan) 21 st February | 2024 | Wednesday | 8:16:37 PM || (Nepal) 5:01:37 PM
 
 


जापानको यो रेष्टुरेण्ट जहाँ ग्राहकलाई दुर्व्यवहार र अपमान गरिन्छ, तर खाना खान महिनौं कुर्नुपर्छ

  POSTED ON : Sunday, 10 December, 2023 | Views : 1996

जापानको यो रेष्टुरेण्ट जहाँ ग्राहकलाई दुर्व्यवहार र अपमान गरिन्छ, तर खाना खान महिनौं कुर्नुपर्छ


नागोया, जापान ।

जापान विश्वमै आतिथ्यता, संस्कार, शिष्टता धेरै कारणले रेष्टुरेण्ट सेवामा लोकप्रिय छ । तर तपाईं पत्याउनु हुन्छ जापानमै एउटा यस्तो रेष्टुरेण्ट छ जहाँ विश्वमै यति अशिष्ट भएर ग्राहकको अपमान गरिन्न होला । विचित्रको कुरा के भने यहि रेष्टुरेण्टमा खाना खान पालो भने महिनौं कुर्नुपर्छ ।

जापानको नागोया शहरमा नाम नै लेजी हाउस अर्थात् अल्छि घर नाम दिएर रेष्टुरेण्ट खोलिएको छ । भरपर्दो आतिथ्य र अनुष्ठान शिष्टाचारका लागि प्रख्यात, जापानमा निर्दयी रूपमा ग्राहकप्रति क्रूर व्यवहार हुने यो रेष्टुरेण्ट यहि व्यवहारका कारण जापानमा दिनदिनै लोकप्रिय बनिरहेको छ ।

नागोयाको दि बाके हाउस 'लेजी हाउस'मा खाना खान जाँदा खाना ल्याउने वेटर वेट्रेसले तपाईंको टाउकोमा पनि खान खन्याइदिन सक्छन् । परैबाट खाना टेबलमा फालिदिन सक्छन । अनि खाइरहेको खाना उठाएर लैजान पनि सक्छन् । अब भन्नुस् यो भन्दा धेरै अपमान के हुन सक्छ । अझ खाना ल्याउँदा मुस्काएर सेवा गर्नुको साटो रिसाउँदै खाना टेबलमा भाँडा बजाउँदै बजारिदिंदा तपाईं अन्य रेष्टुरेण्टहरुमा रिसाउन सक्नुहुन्छ तर यहाँ रिसाएर पनि केहि हुनेवाला छैन । किनभने यो रेष्टुरेण्टको सेवानै यस्तै हो र यहि विशेषताका कारण यो जापानभित्र मात्र नभई अन्तराष्ट्रिय समाचारको विषय बनिरहेको छ ।

गत ग्रीष्ममा सुरू भएको यो अशिष्ट रेस्टुरेन्ट सामाजिक सञ्जालमा यति भाइरल भइरहेको छ कि यहाँ जानाजान अपमान सहँदै खान जानेहरुको भिड लाग्ने गरेको छ ।

संसारमा किन कोही रेस्टुरेन्टमा जानेबूझेर र जानाजानी दुर्व्यवहार र अपमानित हुन जान्छ रु किन जापानी युवाहरुले यो ठाउँलाई संरक्षण गरिरहेका छन् भनि गरिएको जिज्ञासामा यहाँ पुगेका ग्राहकहरु यो सामान्य भन्दा फरक भएकोले अनुभव गर्न आएको बताउँछन् ।

रेष्टुरेण्टमा हरेकदिन जसो पहिलेनै अनलाइन वा रेष्टुरेण्टमा फोन गरेर सिट बुकिगं गरेका ग्राहकहरुले मात्र सिट पाउने गरेका छन् । रेष्टुरेण्टका कर्मचारिहरुका अनुसार अपमान सहेर खाना खान आउन १ महिना पछिसम्मको लागि रेष्टुरेण्ट बुकिगं लगभग भरिने गरेको छ ।

अब तपाईं पनि पैसा तिरेर अपमान सहँदै खाना खान जाने भए जानसक्नुहुन्छ । तर अपमान भयो भनेर कतै उजुरी वा दुःख मनाउ चाहिँ गर्न सक्नुहुन्न । किनभने यो रेष्टुरेण्टले पहिलेनै तपाईंलाई आफ्नो रेष्टुरेण्टको विशेषता बताउने गर्दछ । सबैकुरा बताउँदा बताउँदै जानुहुन्छ भने त्यो तपाईंको मर्जी ।

अँ साँच्चि तपाईंले रेष्टुरेण्टमा अर्डर देखि खाना खाने बेलामा पैसा तिर्ने बेलामा जतिनै अपमान र दुर्व्यवहार सहनुपरेपनि रेष्टुरेण्टबाट बाहिर निस्किएपछि भने रेष्टुरेण्टका तिनै कर्मचारीहरुले धन्यवाद भन्दै रेष्टुरेण्टको अनुभव सोध्दै जापानी आतिथ्यता सहितको बिदाई गर्छन है ।