टोकियो, जापान ।
जापानको राजधानी टोकियो विश्वकै सुरक्षित सहर छनौट भएको छ । सन् २०२३ मा विश्वको सबैभन्दा सुरक्षित सहरको मुल्यांकनमा टोकियो कुल १०० अंकमा ९२ अंक प्राप्त गर्दै विश्वकै सुरक्षित शहरको पहिलो नम्वरमा पर्न सफल भएको हो ।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको सुरक्षित सहर इन्डेक्सले सहरको सुरक्षा मापन गर्न, आफ्नो डिजिटल सुरक्षा, स्वास्थ्य सुरक्षा, पूर्वाधार, र व्यक्तिगत सुरक्षालाई समेट्ने ५७ सूचकहरूमा विश्वभरका ६० गन्तव्यहरूलाई स्थान दिएको बताएको छ । यसको आधारमा शहरहरूलाई ० र १०० बीचको अंक दिइएको थियो
जुन अध्ययनले टोकियो सबैभन्दा सुरक्षित सहर रहेको ‘वल्र्ड अफ स्टाटिसटिक्स’ ले जनाएको छ ।
बल्र्ड अफ स्टाटिसटिक्सले सार्वजनिक गरेको विवरणअनुसार तेस्रो सुरक्षित सहर पनि जापानकै ओसाका देखिन्छ। दोस्रो सुरक्षित सहर भने सिंगापुर छ ।
यस्तै चौथो सुरक्षित सहर नेदरल्यान्डको राजधानी एम्सटर्डम, पाँचौमा अस्ट्रेलियाको सिड्नी, छैठौंमा क्यानडाको टोरोन्टो र सातौंमा अमेरिकाको राजधानी वासिन्टन डिसी रहेको छ ।
यस्तै डेनमार्कको राजधानी कोपनहेगन आठौं, दक्षिण कोरियाको राजधानी सोल नवौं र अष्ट्रेलियाको राजधानी मेलवर्न १० औं सुरक्षित सहर देखिएका छन् ।
सुरक्षित सहरको मापन गर्न एससिआईले सहरको डिजिटल सुरक्षा, स्वास्थ्य सुरइाा, पूर्वाधार र व्यक्तिगत सुरक्षा सहितका विभिन्न ५७ वटा सूचकलाई आधार बनाएको छ ।
पूर्वाधार सुरक्षा र व्यक्तिगत सुरक्षामा सिंगापुर पहिलो स्थानमा छ भने डिजिटल सुरक्षामा टोकियो पहिलो र स्वास्थ्य सुरक्षामा ओसाका पहिलो स्थानमा छ ।
सुरक्षित सहर सूचीको पुछारमा नाइजेरियाको लागोस, भेनेजुएलाको काराकास, म्यानमारको याङ्गुन, पाकिस्तानको कराची र बंगलादेशको ढाका छन् ।
यी हुन् विश्वका दश सुरक्षित सहर:
टोकियो, जापान (९२.०)
सिंगापुर (९१.५)
ओसाका, जापान (९०.९)
एम्स्टर्डम, नेदरल्याण्ड्स (८८.०)
सिड्नी, अष्ट्रेलिया (८७.९)
टोरन्टो, क्यानडा (८७.८)
वाशिंगटन डीसी, संयुक्त राज्य अमेरिका (८७.६)
कोपेनहेगन, डेनमार्क (८७.४)
सियोल, दक्षिण कोरिया (८७.४)
मेलबोर्न, अष्ट्रेलिया (८७.३)