नेपालका बरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटा पाँच महिना लामो बेलायतको उपचारपछि हाल निको नहुने क्यान्सर उपचार नेपालमै गराईरहेका छन् ।
उनै विश्वविख्यात डा. देवकोटाले आफ्नो जीवन अब लामो नरहेको भन्दै आफ्नो जीवनकथा देशसञ्चार अनलाईनलाई बताउनुभएको छ ।
उक्त अनलाईनमा प्रकाशित डा. देवकोटाको 'मेरो माटो, मेरो चन्दन अनुभव र अनुभूति'को 'श्रृंखला १' को-'म अब सायद बिरामीको सेवामा फर्कन पाउने छैन' शिर्षकको स्तंभलाई जापानमा रहनुभएका पत्रकार राजन गौतमले बाचन गर्नुभएको भिडियो प्रस्तुत गरेका हौं ।
डा. देवकोटाको स्वास्थमा सुधार आओस् भन्ने कामना गर्दैछौं ।