(Japan) 12 th September | 2024 | Thursday | 12:36:09 AM || (Nepal) 9:21:09 PM
 
 


सर्वोच्चका न्यायाधिशसँग मिलेर कान्तिपुर र अन्नपूर्ण पोष्टका मालिक भ्रष्टाचारी जोगाउन यसरी पैसा असुल्थे (भिडियो सहित)

  POSTED ON : Sunday, 28 April, 2024 | Views : 1018

सर्वोच्चका न्यायाधिशसँग मिलेर कान्तिपुर र अन्नपूर्ण पोष्टका मालिक भ्रष्टाचारी जोगाउन यसरी पैसा असुल्थे (भिडियो सहित)




 सिधाकुराको सामाग्री ‘द डार्क फाइल’ श्रृङ्खलाको तेस्रो भाग तीनकुने स्टीङ अपरेशनकर्ताको बयानमा केन्द्रित छ । अख्तियारको स्टीङ अपरेशनमा अब्बल मानिएका ति अधिकारीले तीनकुने स्टीङ अपरेसनको विस्तृत खुलासा सिधाकुरासँग भिडियोमा राखेका छन् । 

सर्वोच्च अदालतमा मुद्दाको पेशी नचढ्दै अदालतबाट हुने मुद्दाको फैसला अदालतबाहिर गराउन भन्दै बसेको बैठकलाई उनैले स्टीङ गरिदिएका थिए ।

अदालतमा मुद्दाको पेशी तय नहुँदै पत्रिकामा छापिने समाचारको ड्राफ्ट, फैसलाका लागि आरोपितबाट उठाएको घुस रकम, अदालतको संवैधानिक बेञ्चको फैसला देखि उनको तीन पुस्ते विवरण उतारेको र अख्तियारको विरुद्धमा नबोले राम्रो नहुनेसम्मको धम्की आफूले खेपेको ति स्टीङकर्ताले सिधाकुरालाई बताएका छन् । 

उनी तीनै व्यक्ति हुन जसबारे सर्वोच्चको संवैधानिक बेञ्चबाट स्टीङ अपरेशन अवैध हुने फैसला गर्नु २ दिन अघि अन्नपूर्ण पोस्टको पहिलो पृष्ठको समाचारको पात्र बनाइका थिए । ति स्टीङकर्ताले खुला रुपमा आफ्नो कुरा सार्वजनिक गर्न चाहे पनि उनको सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै हामीले उनको अनुहार र वास्तविक परिचय भने गोप्य राखेका छौं । सिधाकुरा प्रस्तुत गर्दछ उनै स्टीङकर्ताको भिडियो बयान । 
Source : SIDHAKURA.COM