(Japan) 3 rd April | 2026 | Friday | 12:09:22 PM || (Nepal) 8:54:22 AM
 
 


जापानमा नेपालीको संख्या ९९,६२८ पुग्यो, कुन भिषामा कति नेपाली तथ्यांक सहित

  POSTED ON : Thursday, 04 February, 2021 | Views : 25888

जापानमा नेपालीको संख्या ९९,६२८ पुग्यो, कुन भिषामा कति नेपाली तथ्यांक सहित


गोकर्ण अधिकारी-टोकियो, जापान ।

जापानमा नेपालीहरुको संख्या करिव १ लाख पुगेको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२१ फेब्रुवरी २ तारिखमा सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार जापानमा नेपालीको जनसंख्या ९९ हजार ६ सय २८ पुगेको छ ।

मन्त्रालयका अनुसार सन् २०१९ को तुलनामा २०२० मा जापानमा नेपालीको संख्या ५.८ प्रतिशतले बढेको छ । सन् २०१९ को सुरुवातमा जापानमा नेपालीको जनसंख्या ९१,७७० रहेकोमा बर्षको अन्त्यमा ९६ हजार ८ सय २४ रहेको तथ्यांक सार्वजनिक भएको थियो ।

व्यवसायिक, प्राविधिक क्षेत्र अन्तर्गत जापानमा रहेका नेपालीहरुको जनसंख्या १७,०१७ पुगेको छ । यो अघिल्लो बर्षको तुलनामा १७.१ प्रतिशतले धेरै हो । यस अन्तर्गत प्रविधि र मानविकी, ज्ञान तथा अन्तर्राष्ट्रिय व्यापारमा १२,९४२ जना नेपाली रहेका छन् । यसमा पनि गत बर्षको तुलनामा १३ प्रतिशत नेपालीको संख्यामा बृद्धि भएको छ ।

ताजा तथ्यांक अनुसार जापानमा सन् २०२० को अन्त्यसम्ममा विशिष्ट गतिविधि अन्तर्गत विशेष दक्षतायुक्त भिषा पाएका नेपालीको संख्या गत बर्ष २.५ प्रतिशतले बृद्धि भएको छ । हाल यो भिषा अन्तर्गत रहेका नेपालीको संख्या जापानमा २५ सय २९ जना रहेका छन् ।

प्राविधिक प्रशिक्षर्थी कामदारको रुपमा रहेका नेपालीको संख्या अहिले जापानमा केवल ६ सय ४४ रहेको छ । यसमा सन् २०१९ को तुलनामा मात्र ०.६ प्रतिशतले बृद्धि भएको देखिएको छ ।

जापानमा रहेका नेपालीहरुको तथ्यांकमा सबैभन्दा धेरै नन क्वालिफाईड एक्टिभिटि अर्थात् दक्ष अर्धदक्ष पेशामा आवद्ध नेपालीहरुको संख्या रहेको छ । यस अन्तर्गत सन् २०२१ को ताजा तथ्यांक अनुसार जापानमा नेपालीको संख्या ७४,६७३ रहेको छ । यसमा अध्ययनरत विद्यार्थीहरुको संख्या समेत समावेश गरिएको छ । जापानमा नेपाली विद्यार्थीहरुको संख्या ४४ हजार १ सय ४३ पुगेको छ । यो जापानमा भाषा विद्यालय, विश्वविद्यालय सहित सबै तहमा अध्ययनरत नेपालीको संख्या हो ।

निवासको आधारमा जापानको स्थायी निवासी भएका नेपालीको संख्या २,३५७ पुगेको छ ।

जापानी महिला वा पुरुषसँग घरबार गरेर बसेका नेपालीको संख्या ११ सय ७० रहेको छ । यसमा जापानको स्थायि निवासको दर्जा प्राप्त गरेका नेपालीको संख्या ५३३ पुगेको छ । यसैगरी तेईजु प्राप्त गर्ने नेपालीको संख्या जापानमा ७०४ रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

कार्यक्षेत्र अन्तर्गत पेशागत आधारमा कन्स्ट्रक्सन ‘निर्माण उद्योग’मा कार्यरत नेपालीको संख्या ७ सय ५९ रहेको छ । यसैगरी म्यानुफ्याक्चरिगं क्षेत्रमा कार्यरत नेपाली १२,६८२ रहेका छन् ।

जापानमा रहेका नेपालीहरुको पेशागत आधारको निवास स्थिति अनुसार सूचना र संचार उद्योगमा ६६१ जना नेपाली कार्यरत छन् ।

भिषाको स्थिति अनुसार खुद्रा तथा होलसेल व्यापार क्षेत्रमा १६,५३९ नेपाली छन् ।

सबैभन्दा धेरै पेशागत कार्यक्षेत्र अन्तर्गत जापानमा आवास व्यवसाय, सेवा उद्योग (खाने तथा पिउने होटल, रेष्टुरेण्ट) क्षेत्रमा कार्यरत नेपालीको संख्या २९,२५८ पुगेको छ ।

शिक्षा अध्ययन, अध्यापन तथा सहायता क्षेत्रमा जापानमा ४७६ नेपाली कार्यरत छन् ।

सेवा सहित अन्य विविध क्षेत्रमा कार्यरत रहेका नेपालीको संख्या २५ हजार ६ सय १ जना रहेका छन् ।

चिकित्सा स्याहार तथा सामाजिक कल्याण क्षेत्रमा कार्यरत नेपालीको संख्या जापानमा सन् २०२१ मा ८१३ जना नेपाली रहेका छन् ।

जापानमा नेपालीको बसोबास सन् २००८ मा केवल १२ हजार २ सय ८६ रहेको थियो । त्यसमा उच्च बृद्धि हुने क्रममा सन् २०१६ मा ५२,७७० पाईएको थियो ।

जापानमा नेपालीहरुको बृद्धि त्यसयता लगातार भईरहेको छ । जापानको सरकारी तथ्यांक अनुसार २०१७ मा ६९,१११ जना नेपाली रहेकामा २०१८ मा त्यो संख्या ८१,५६२ पुगेको थियो ।

जापानमा हाल बिदेशी नागरिकको संख्या १७ लाख २४ हजार ३ सय २८ पुगेको छ । यसमा सबैभन्दा धेरै भियतनामी नागरिक रहेका छन् । चिनियाँहरुको संख्यालाई उछिन्दै पहिलो पटक उच्च संख्या पुग्ने क्रममा जापानमा भियतनामीहरुको संख्या ४ लाख ४३ हजार ९ सय ९८ पुगेको छ ।

दोस्रोमा चिनियाँ नागरिक ४१९,४३१ रहेका छन् । तेस्रोमा फिलिपिनि १८४,७५० तथा चौथो नम्वरमा ब्राजिल १३१,११२ रहेका छन् ।

पाचौं नम्वरमा भने नेपाल रहेको छ । नेपालीहरुको जनसंख्या जापानमा सन् २०२१ फेब्रुवरी २ तारिखको तथ्यांक अनुसार ९९ हजार ६ सय २८ रहेको छ ।

जि ७ राष्ट्रहरु अष्टे्रलिया, अमेरिका, बेलायत तथा न्युजिल्याण्डका नागरिकको संख्या ८०,४१४ रहँदा दक्षिण कोरियालीको संख्या ६८,८९७ रहेको छ । यस बाहेक ईण्डोनेशियाली ५३,३९५ र पेरुका नागरिक २९,०५४ रहेका छन् ।

सम्बन्धित सामग्री: