(Japan) 12 th September | 2024 | Thursday | 2:30:22 AM || (Nepal) 11:15:22 PM
 
 


जापानमा नातिनी हेर्न आउनु भएको आमा आँफै अस्ताउनु भयो, सबैमा सहयोगको अपिल

Jack Khadka   POSTED ON : Thursday, 26 March, 2020 | Views : 107708

जापानमा नातिनी हेर्न आउनु भएको आमा आँफै अस्ताउनु भयो, सबैमा सहयोगको अपिल


टोकियो, जापान ।

आफ्नो नयाँ सन्तान आगमनको खुशीमा नातिनी हेर्न जापान आउनु भएकी मन कुमारी धमला अप्रत्यासित रोगको सिकार भएर बित्नु भएको छ ।

ओखलढुङ्गा जिल्ला घर हुनुभएकी ५२ वर्षिय धमलाको अल्पायुमै बिहीवार बिहान निधन भएको हो ।

गत नोभेम्बर महिनामा छोरी सम्झनालाई भेट गर्न जापान आउनु भएकी धमलाको बिहीवार बिहान ५ बजेर २७ मिनेटमा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

दिवंगत धमलाका ज्वाई नारायण अधिकारिले दिनुभएको जानकारी अनुसार आँखाको माथिल्लो भागमा सामान्य पिलोको समस्याबाट मनकुमारी बिरामी हुनुभएको थियो ।

पछी समस्या बढ्दै फोक्सोमा ब्याक्टेरियाले रोग गालेपछी एकसातादेखी फुनाबासीस्थित अस्पतालको आईसियुमा उपचार भईरहेको थियो ।

२ साता बढी अस्पतालको दैनिक करिब २० मान बढीको उपचार खर्चमा आमाको निधनले बिछिप्त बन्नुभएका अधिकारी दम्पतिले सबै जापानवासी नेपालीबाट सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।

उपचारका क्रममा अस्पतालको १ सय मान बढीको खर्चमा आमाको निधनले बिछिप्त बन्नुभएका अधिकारी दम्पतिका अनुसार दाहसस्कार जापानमै गरिने भएको छ ।

दिवंगत हुनुभएका आमाको दाहसस्कार १/२ दिन भित्रमानै गरिने तयारी भएको छ ।

आमाको निधनको पिडाले बिछिप्त बन्नुभएका उहाहरुलाई सान्त्वना सहित सहयोग गर्न बैंक खातामा सकेको आर्थिक सहयोग रकम जम्मा गर्न सकिनेछ ।

प्राप्त सहयोग विवरणहरु जापान समाचारले आगामी समाचारमा प्रकासित गर्ने छ ।