(Japan) 12 th September | 2024 | Thursday | 2:36:54 AM || (Nepal) 11:21:54 PM
 
 


विशेष समाचार : जापानको हाचिओजीमा 'नियम बिपरित कामगर्ने' १५ जना नेपाली पक्राउ

Gokarna Adhikari   POSTED ON : Wednesday, 29 January, 2020 | Views : 151512

विशेष समाचार : जापानको हाचिओजीमा 'नियम बिपरित कामगर्ने' १५ जना नेपाली पक्राउ


टोकियो, जापान ।

नेपालीहरु काम गर्ने कम्पनीमा अहिलेसम्मकै ठूलो छापा हानेर जापान प्रहरीले १५ जना नेपालीलाई पक्राउ गरेको छ ।

विशेष समाचार श्रोत अनुसार जापानको राजधानी टोकियो नजिकको हाचिओजीमा अन्य भिषा भएर फ्याक्ट्री उद्योगमा काम गर्दै आएका नेपालीहरु पक्राउ परेका हुन् ।

बुधवार बिहान कार्यालय समय सुरु हुनेवित्तिकै टोकियो ईमिग्रेसनको विशेष टोलीले कम्पनीमा छापा हानेर भिषाले तोकेको भन्दा बाहिर नियम बिपरित काम गरेको भन्दै नेपालीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मध्ये बाग्लुगं, चितवन लगायत जिल्लाका केही व्यक्तिको परिचय खुलेपनि  स्पष्ट र विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ ।

सोही कम्पनीमा काम गर्दै आएका ति व्यक्तिका अनुसार नेपालीहरुलाई पक्राउ गरिएको स्थान हाचिओजी र फुस्सा बिचमा पर्दछ ।

पक्राउ परेका मध्ये अधिकाशं कुक विशेष दक्षता भएका कामदारको भिषामा रहेकाहरु हुन् ।


यस सम्वन्धि विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ । थप जानकारी प्राप्त भएपछि प्रकाशित गर्नेछौं । :सम्पादक