(Japan) 12 th May | 2026 | Tuesday | 11:48:26 PM || (Nepal) 8:33:26 PM
 
 


रास्वपा जापान सम्पर्क विभाग सभापतिमा दीपक केसी सहितको नयाँ नेतृत्व चयन

  POSTED ON : Monday, 08 December, 2025 | Views : 1000

रास्वपा जापान सम्पर्क विभाग सभापतिमा दीपक केसी सहितको नयाँ नेतृत्व चयन


टोकियो, जापान ।

जापानको प्रवास नेपाली सम्पर्क विभागले आफ्नो दोस्रो अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेको छ ।

आईतबार टोकियोमा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमितिको सभापतिमा दीपक केसीलाई चयन गरेको छ । यसैगरि कार्यसमितिमा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने क्रममा भोजेन्द्र सुवेदी र सुरेश केसी उपप्रमुखमा चयन भएका छन् ।

जापानको नागोयामा रहेर व्यवसायरत सभापती केसीले सभापतिमा चयन भएपछि आगामी कार्यकालमा संगठनलाई प्रवासी नेपालीहरूको हितमा अझ प्रभावकारी रूपले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नव–निर्वाचित कार्यसमितिको सचिवमा कविकिरण न्यौपाने, सह–सचिवमा फणिन्द्र सुवेदी, कोषाध्यक्षमा कृष्ण गौतम, सह–कोषाध्यक्षमा चतुर्भुज सापकोटालाई सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै, सदस्यका रूपमा मेघराज गौतम, यम प्रसाद भुषाल, रुपेन्द्र वली, श्रीकान्त घिमिरे तथा सरोज पौडेल चयन भएका छन् ।

प्रवास नेपाली सम्पर्क विभाग नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठनका रुपमा क्रियाशिल छ ।

कार्यक्रमका लागि नेपालबाट रास्वपाका विदेश विभाग उपप्रमुख अर्जुन अधिकारीको सहभागीता रहेको थियो । यसअघि पार्टि उपसधापति डीपी अर्याल आउने बताइएपनि नेपालमा कार्य व्यस्तताका कारण अन्तिम समयमा उपस्थित नहुने भएको आयोजकले जनाएको थियो ।

अधिवेशनमा जापानमा क्रियाशिल तीन दर्जन भन्दा बढि संघसंस्थाका प्रतिनिधिहरु सहित विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।

अधिकाशं वक्ताहरुले पार्टि सभापती रवी लामिछानेलाई यसअघिका सरकारहरुले बदनियत पूर्वक जेलमा राखेको भन्दै उनको रिहाई हुनुपर्ने र रास्वपाले बैकल्पिक राजनीतिक दलको रुपमा आफुलाई आगामी निर्वाचन मार्फत पुष्टि गर्ने भन्दै शुभकामना व्यक्त गरेका थिए ।