टोकियो, जापान ।
जापानमा हुनुहुन्छ र तपाईंले मायाले वा जिस्केर सँगै काम गर्ने वा चिनेजानेका जापानी युवतिलाई बोलाउँदा नामसँगै च्यान भन्दै बोलाउने गर्नुभएको छ भने होसियार । किनभने यस्तै गरि बोलाउँदा एक् जापानी नै फस्न पुगेका छन् ।
जापानको टोकियो जिल्ला अदालतले एक सहकर्मी पुरुषले महिला सहकर्मीलाई उनको नामको पछाडि 'च्यान, चान' (ちゃん) उपनाम जोडेर अनिच्छापूर्वक धेरै पटक बोलाएको घटनालाई षरृनदूर्व्यवहार ठहर गरेको छ ।
अदालतले त्यसरी बोलाउने कार्यलाई यौन दुर्व्यवहार ठहर गर्दै क्षतिपूर्ति समेत तिर्न आदेश दिएको छ।
जापानी समाचार संस्थाहरुमा प्रकाशित समाचार अनुसार सागावा एक्सप्रेस कम्पनीका ती पुरुष कर्मचारीलाई अदालतले २ लाख २० हजार येन क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
अदालतले उक्त शब्द सामान्यतया बच्चा वा नजिकको सम्बन्ध भएका व्यक्तिलाई सम्बोधन गर्न प्रयोग गरिने भएकाले कार्यस्थलमा यसरी प्रयोग गर्नुले महिलालाई मानसिक तनाव दिएको ठहर गरेको छ ।
ती पुरुषले महिलाको शारीरिक बनावटबारे पनि टिप्पणी गरेका थिए, जसले महिलालाई सन् २०२१ डिसेम्बरमा डिप्रेसन भएको बताइएको छ ।