(Japan) 12 th October | 2025 | Sunday | 10:21:07 AM || (Nepal) 7:06:07 AM
 
 

जापानमा कुनैपनि बेला बिनासकारी भूकम्प जाने सम्भावना ९० प्रतिशतसम्म

  POSTED ON : Saturday, 27 September, 2025 | Views : 370

जापानमा कुनैपनि बेला बिनासकारी भूकम्प जाने सम्भावना ९० प्रतिशतसम्म


टोकियो, जापान ।

जापानमा आगामी ३० बर्षभित्रमा अर्थात तिस बर्ष भित्र कुनैपनि बेलामा बिनासकारी ठुलो (मेगा अर्थ क्विक) भूकम्प जाने सम्भावना ९० प्रतिशतसम्म रहेको बैज्ञानीकहरुले बताएका छन ।


जापान सरकारको भूकम्प सर्वेक्षण समितिले नान्काई ट्रफ (Nankai Trough) मा आउने ठूलो भूकम्पको सम्भावनालाई परिवर्तन गर्दै त्यस्तो जोखिम ९० प्रतिशतसम्म पुगेको बताएका    हुन । अबको ३० वर्षभित्र म्याग्निच्युड ८ देखि ९ सम्मको यो भूकम्प आउने सम्भावना पहिलेको '८० प्रतिशत' बाट बढाएर '६० देखि ९० प्रतिशतभन्दा बढी' मा पुर्याइएको छ। यसको अर्थ मेगा अर्थ क्विकको जोखिम झनै बढेको छ ।


यो परिवर्तन मुख्यगरी जापानको एदो कालमा भएका दुई ठूला भूकम्प (होएई र आन्सेई भूकम्प) को तथ्याङ्कमा देखिएको त्रुटिका कारण गरिएको बताइन्छ । तथ्याङ्क पुन: गणना गर्दा पुरानो अनुमानमा परिवर्तन आएको समितिले जनाएको छ। 


समितिका अध्यक्ष नाओ हिराताले भूकम्प आउने सम्भावना अझै धेरै रहेकोले सबैलाई सुरक्षा र पूर्वतयारीका कामहरूलाई निरन्तरता र तिब्रता दिन आग्रह गरिएको छ । 


यो क्षेत्रमा ठूलो भूकम्प आएमा सुनामीसहित जापानको ठूलो भाग र त्यहाँ रहेका नागरिक प्रभाबित हुने छन ।

जापानमा नेपालीहरुको संख्या बढ्दै जाँदा यहाँ बस्ने नेपालीले समेत गम्भीर असरबाट जोगिन पुर्वतयारीहरु गर्न र बुझ्न् आवश्यक देखिन्छ ।