टोकियो, जापान ।
जापानमा एक शारिरिक अपाङ्गता भएका पुरुषलाई जबरजस्ती व्हिस्की खुवाएर स्मार्टफोन चोरेको र क्रेडिट कार्ड दुरुपयोग गरेको आरोपमा चार जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला सहित चार जना रहेको प्रहरिले बताएको छ ।
आरोपीहरूले टोकियोको नाकानो वडामा जुन ५ को साँझ ४० वर्षका ती व्यक्तिलाई 'यो चमत्कारी औषधि हो, पिउनुहोस्' भनी ७०० मिलिलिटरभन्दा बढी व्हिस्की खुवाएर होस् हराउने गरी नशामा लठ्ठ पारेका थिए। त्यसपछि उनीहरूले पीडितको स्मार्टफोन चोरेको र करिब १ लाख जापानी येनको क्रेडिट कार्डबाट पैसा खर्च गरेको प्रहरिले बताएको छ।
आरोपितहरूले सामाजिक सञ्जालबाट पीडितलाई चिनेर उनको अपाङ्गताको फाइदा उठाएको प्रहरीले जनाएको छ।