टोकियो, जापान ।
दक्षिणी जापानको ओकिनावा प्रिफेक्चरमा रहेको अमेरिकी सैन्य बेसमा भएको विस्फोटमा जापानको आत्मरक्षा बलका चार सदस्य घाइते भएका छन् ।
प्रहरीका अनुसार अग्निनियन्त्रकहरूले सोमबार बिहान योमितान गाउँमा भएको विस्फोटको बारेमा जानकारी गराएका छन् ।
प्रिफेक्चरल अधिकारीहरूले विस्फोट नभएका बमहरू अस्थायी गोदाममा भएको बताएका छन् । कादेना गोलाबारुद भण्डारण क्षेत्रमा अवस्थित यो सुविधा प्रिफेक्चरल सरकारद्वारा निरीक्षण हुँदै आएको छ ।
अधिकारीहरूले घाइते एसडीएफका चार सैनिक मध्ये कोहि पनि जोखिमपूर्ण अवस्थामा नरहेको बताएका छन् ।