(Japan) 24 th April | 2026 | Friday | 12:36:17 PM || (Nepal) 9:21:17 AM
 
 


जापानमा नेपाली मूर्तिकारले बनाएको शताब्दीकै विशाल बुद्धमूर्ति निर्माण सम्पन्न (भिडियो सहित)

  POSTED ON : Wednesday, 05 October, 2022 | Views : 5980

जापानमा नेपाली मूर्तिकारले बनाएको शताब्दीकै विशाल बुद्धमूर्ति निर्माण सम्पन्न (भिडियो सहित)


टोकियो, जापान ।

नेपालका मूर्तिकारहरुले निर्माण गरेको यो शताब्दीकै विशाल बुद्धमूर्ति जापानमा निर्माण सम्पन्न भएको छ । ६ बर्ष लगाएर आधा दर्जन नेपाली कालिगढहरुले जापानको कुमामोतोमा निर्माण गरेको बुद्धमूर्तिको निर्माण अक्टोबर १ तारिख सम्पन्न भएको घोषणा गरिएको छ ।

सन् २०१६ को सेप्टेम्बर २४ तारिखमा नेपालबाट आएका मूर्तिकारहरु मञ्जुल बराईली मितेरी, गणेशकुमार राई, चतुरलाल राजवंशी, जीवन पौडेल, रामकुमार राई, सुवास विश्वकर्मा, सानुभाइ विश्वकर्मा, रामचन्द्र पण्डित र सूर्य केसी ‘मध्यरात’को संयुक्त प्रयासबाट मूर्ति निर्माण सम्पन्न भएको हो ।

'६ जना नेपाली मूर्तिकारहरुको अथक परिश्रम र साधनाले जापानको विशाल चट्टानी पहरामा अन्ततः यो शताब्दीमै संसारकै सबैभन्दा विशाल ढुङ्गाको बुद्धमूर्ति निर्माण सम्पन्न भएको' बुद्ध मूर्ति निर्माणमा खटिनुभएका मुख्य कालिगढ मञ्जुल मितेरीले बताउनुभयो ।

'विशाल बुद्धमूर्ति निर्माणको लागि हामी नेपाली मूर्तिकारहरुलाई अवसर दिनुभएकोमा ओसिमा सेकिबुचुयामा मूर्ति निर्माण प्रतिष्ठान र त्यसका संरक्षक तथा अध्यक्ष ओसिमा सिजुकीप्रति हार्दिक आभार ब्यक्त गर्दछु' बुद्ध मुर्ती निर्माण सम्पन्न भएको घोषणापछि मितेरीले लेख्नुभएको छ ।

बुद्ध मुर्ति निर्माणको लागि प्रतिष्ठानसॅग चितवनका दिलीप लामिछाने सम्पर्क गराइदिनुभएपछि नेपाली कलाकारहरुले यो जिम्मेवारी पाएका थिए ।

बुद्धमुर्ति निर्माण सम्पन्न भएपछि प्रमुख मुर्तिकार मितेरीले लेख्नुभएको छ 'हामीलाई देशविदेशबाट निरन्तर माया, हौसला र प्रेरणा दिइरहनुहुने सम्पुर्ण महानुभावहरुप्रति अत्यन्तै आभारी छु । अन्ततः तपाईंहरुको निरन्तरको स्नेह र हाम्रो साधनाले हाम्रो साझा सपना पुरा भएको छ । मेरो जिन्दगीको एउटा सपना पुरा भएको छ । मेरो यो खुशी तपाईंहरुलाई समपर्ण गर्दछु ।'

जापानमा शताब्दिकै बिशाल मुद्धमुर्ती कुमामोतो प्रिफेक्चरको खामीआमाकुसाको सकिबुचोयामा नामको विशाल चट्टानमा निर्माण भएको हो ।

बुद्ध निर्माण अघि बुद्ध मुर्ति निर्माण हुने चट्टानमा प्राकृतिक झरना बग्ने गरेको थियो । बुद्ध मुर्ति निर्माण सुरु गर्दा भने उक्त झरनालाई बाँध निर्माण गरेर अन्यत्र झारिएको थियो ।

मुख्य बुद्धको मुर्ती ६५ फिट अग्लो रहेको छ । सहायक दुई मूर्तिहरु भने ४० फिट अग्लो रहेका छन् ।

बुद्ध मुर्तीको आकृती हुबहु नेपाली बुद्ध मुर्तिहरुसँग नमिलेपनि जापानी अवतारका बुद्धमर्तीहरु हुन् । अन्य सहायक ४ वटा बुद्ध मुर्तीहरु २५ फिट अग्लो रहेको छ भने बुद्धकै विभिन्न अवतारहरुमा निर्माण गरिएको छ ।


भिडियोहरु र बुद्ध मुर्ति निर्माण बारेको यसअघि प्रकाशित विस्तृत समाचार पढ्नुहोस्







आफ्नो देशलाई हजार ढुंगाको मूर्ति उपहार दिने घोषणा गरेका बराईली जापानको पहरामा बुद्ध बनाउँदै

जापानमा विशाल बुद्धमुर्ती सँगै नेपाली शिर उँचो बनाउँदै नेपाली युवा (भिडियो सहित)