(Japan) 13 th March | 2026 | Friday | 7:31:50 PM || (Nepal) 4:16:50 PM
 
 


दुर्गेश थापा जापान आउँदै : दुस्मन हेरेको हेर्यै, अब कि जेलमा कि रेलमा...

  POSTED ON : Sunday, 01 June, 2025 | Views : 1300

दुर्गेश थापा जापान आउँदै : दुस्मन हेरेको हेर्यै, अब कि जेलमा कि रेलमा...


टोकियो, जापान ।

पछिल्लो समय ‘दुस्मन हेरेकै हेर्यै’ बोलको गीत मार्फत चर्चामा रहेका गायक दुर्गेश थापा सांगीतिक ‘टुर’ लिएर जापान आउने भएका छन् । भिजोनिया मल्टिपल कम्पनीको आयोजनामा टोकियो सहित विभिन्न शहरमा हुने सांगितिक टुरका लागि गायक थापा जापान आउन लागेका हुन् । 

यही जुन १५ देखि जापानको विभिन्न शहरहरुमा हुने ‘दुर्गेश थापा लाइभ इन जापान’ नामक सांगीतिक कार्यक्रमका लागि चर्चित गायक थापा जापान आउन लागेकाृ भिजोनिया कम्पनीका प्रमुख सुवास लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार जापानको विभिन्न शहरहरु मध्ये ओसाकामा जुन १५, नागोयामा जुन १७, फुकुओकामा जुन २० र टोकियोमा २२ जुनमा गायक थापाको कार्यक्रम तय भएको छ । यस्तै अन्य शहरहरुमा समेत थापाको उपस्थितिमा सांगितिक कार्यक्रमका लागि कुराहरु भइरहेको र टुंगो लाग्न बाँकी रहेको लामिछानेले बताए । 

गायक थापाले स्वर दिएको  ‘मेरो दिल चोर्नेलाई मुद्दा हाल्दिन्छु’, ‘यो दुर्गेश थापा हो’,  ‘कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा’, ‘हामी पनि नाच्नुपर्छ बीच्च–बीच्चमा’लगायत गीत चर्चित रहेका छन् ।