टोकियो, जापान ।
पछिल्लो समय ‘दुस्मन हेरेकै हेर्यै’ बोलको गीत मार्फत चर्चामा रहेका गायक दुर्गेश थापा सांगीतिक ‘टुर’ लिएर जापान आउने भएका छन् । भिजोनिया मल्टिपल कम्पनीको आयोजनामा टोकियो सहित विभिन्न शहरमा हुने सांगितिक टुरका लागि गायक थापा जापान आउन लागेका हुन् ।
यही जुन १५ देखि जापानको विभिन्न शहरहरुमा हुने ‘दुर्गेश थापा लाइभ इन जापान’ नामक सांगीतिक कार्यक्रमका लागि चर्चित गायक थापा जापान आउन लागेकाृ भिजोनिया कम्पनीका प्रमुख सुवास लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार जापानको विभिन्न शहरहरु मध्ये ओसाकामा जुन १५, नागोयामा जुन १७, फुकुओकामा जुन २० र टोकियोमा २२ जुनमा गायक थापाको कार्यक्रम तय भएको छ । यस्तै अन्य शहरहरुमा समेत थापाको उपस्थितिमा सांगितिक कार्यक्रमका लागि कुराहरु भइरहेको र टुंगो लाग्न बाँकी रहेको लामिछानेले बताए ।
गायक थापाले स्वर दिएको ‘मेरो दिल चोर्नेलाई मुद्दा हाल्दिन्छु’, ‘यो दुर्गेश थापा हो’, ‘कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा’, ‘हामी पनि नाच्नुपर्छ बीच्च–बीच्चमा’लगायत गीत चर्चित रहेका छन् ।