(Japan) 11 th February | 2026 | Wednesday | 7:26:19 AM || (Nepal) 4:11:19 AM
 
 


टोकियोमा महाशिवरात्रि मेला–२०८२ भव्य रूपमा आयोजना हुँदै

  POSTED ON : Monday, 09 February, 2026 | Views : 248

टोकियोमा महाशिवरात्रि मेला–२०८२ भव्य रूपमा आयोजना हुँदै


टोकियो, जापान ।

जापानको राजधानी टोकियोमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै पर्वत समाज जापानको आयोजनामा महाशिवरात्रि मेला–२०८२ आयोजना हुने भएको छ ।

मानव सेवा सहयोगार्थ आयोजना गर्न लागिएको यस धार्मिक तथा सांस्कृतिक कार्यक्रममा जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।

महाशिवरात्रिको पावन अवसरमा आयोजना हुने मेलामा शिव महापुराण कथा वाचन तथा टुक्का लोक भजन प्रतियोगिता प्रमुख आकर्षणका रूपमा रहने छन् । कथा वाचन पं. श्री गिरिराज पौडेलले गर्नुहुने कार्यक्रम रहेको छ।

कार्यक्रम १४, १५ र १६ गते फेब्रुअरी २०२६ तीन दिनसम्म सञ्चालन हुनेछ । मेला शिनओकुबोमा रहेको बारकाडे रेष्टुरेण्टमा आयोजना हुने जनाइएको छ।

आयोजक पर्वत समाज जापानले धर्म, संस्कृति र सेवाको यो महाअभियानमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सबै जापानवासी नेपालीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।