(Japan) 7 th October | 2026 | Wednesday | 11:15:24 AM || (Nepal) 8:00:24 AM
 
 


दशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

  POSTED ON : Wednesday, 07 October, 2026 | Views : 164

दशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे


काठमाडौं, नेपाल ।

यस वर्षको बडादशैँमा टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अनुसार टीकाको दिन बिहान ८ बजेर ९ मिनेटमा देवी विसर्जन गरेपछि साइत खोज्नेहरूले बिहान १०:२६ बजे मान्यजनबाट टीका र आशीर्वाद लिन सक्नेछन्। टीका लगाउँदा पश्चिमतर्फ फर्किनुपर्ने समितिले जनाएको छ।

विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि १०स्२६ बजेको समय उत्तम रहेको समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो।

यस वर्ष असोज २५ गते आइतबार बिहान ११:४७ बजे घटस्थापनाको शुभ साइत रहेको छ। त्यसै दिनदेखि नवरात्र सुरु हुनेछ। असोज २६ गते बिहान १०:०७ बजे झण्डा फेर्ने साइत तय गरिएको छ।

त्यस्तै, असोज ३१ गते फूलपाती, कात्तिक १ गते महाअष्टमी, कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजयादशमी परेको छ।

दशैँमा देवीको प्रसादका रूपमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको छ। धेरै ठाउँमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउने चलनसमेत छ।