(Japan) 13 th September | 2025 | Saturday | 10:10:45 AM || (Nepal) 6:55:45 AM
 
 

बिवेकहिन सांसद : एमाले र कांग्रेस सांसदको खाली पानामा हस्ताक्षर संकलन, उपसभामुखलाई महाभियोग तयारी

  POSTED ON : Tuesday, 19 August, 2025 | Views : 396

बिवेकहिन सांसद : एमाले र कांग्रेस सांसदको खाली पानामा हस्ताक्षर संकलन, उपसभामुखलाई महाभियोग तयारी


टोकियो, जापान ।

जनताबाट निर्वाचीत एउटा सांसद दलमा आवद्ध भएपछि कतिसम्म निरिह र विवेकहिन बन्न पुग्छन् भन्ने उदाहरण हो काँग्रेस एमालेले आफ्ना दललाई खाली पानामा हस्ताक्षर संकलन गरिरहेको हालको घटना ।

सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने योजना अनुसार आफ्नो दलका सांसदहरुको हस्ताक्षर बटुलिरहेका छन् तर दुःखद र सांसदहरुको लजास्पद नियती के भने के प्रयोजनका लागि भनेर स्पष्ट केहि नखुलाइएको खाली पानामा सांसदहरु आफ्नो हस्ताक्षर पार्टिले उर्दी जारी गरेपछि गरिरहेका छन् । यसको लागि काँग्रेस एमालेका सांसदहरू लर्को लागेर संसद भवनमा रहेको पार्टि कार्यालयमा पुगेका छन् ।

नेपाली कांग्रेसले उपसभामुखलाई हटाउन पदाधिकारी बैठक डाकेको छ । काँग्रेस उपसभामुख रानालाई हटाएर आफ्नै पार्टिका सांसदलाई उपसभामुख बनाउने दाउमा छ । एमालेले संसदीय दलको कार्यालयमा हस्ताक्षर बटुलिरहेको छ ।

उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद हुन्। उनलाई हटाएर नेपाली कांग्रेसबाट उपसभामुख बनाउन लागिएको हो। त्यसका लागि संसदमा दुईतिहाइ चाहिने भएकाले साना दलहरूलाई पनि फकाउने योजना काँग्रेस एमालेको छ ।