काठमाडौं, नेपाल ।
काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई निलम्बन गरेको छ ।
काठमाडौं टावरमा गैरकानुनी काम गरेको पाइएपछि महानगरले उनलाई निलम्बन गरेको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक प्रक्रिया पूरा नगरी शंकास्पद भ्रष्टाचार गरेर पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पास गरेको पाइएपछि छानबिन गर्ने महानगरले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो ।
महानगरले आइतबार छानबिन समिति बनाएर उनीमाथि छानबिन गर्ने जनाएको छ ।उनी नेपाल सरकारका सहसचिव हुन् । केपी ओली नेतृत्वको सरकारले सन्तोष परियारलाई हटाएर गुरागाईंलाई काठमाडौँको प्रमुख प्रशासक बनाएको थियो ।