टोकियो, जापान ।
छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जापान भ्रमणमा आएका छन । १५ औँ वार्षिक शिखर सम्मेलनमा सहभागी हुन मोदी आज टोकियो आएका हुन ।
जापान आएपछि मोदिको उच्चतहको भेटबार्ताहरु चलिरहेको छ । मोदिको जापान भ्रमणको अवसरमा उनको सम्मानका लागि जापानको सबैभन्दा अग्लो टावर टोकियो स्काई ट्रीलाई शुक्रबार साँझ भारतीय राष्ट्रिय झण्डाको रङमा सजाइएको छ।
मोदीको यो भ्रमण दुई देशबीचको व्यापार, लगानी, रक्षा, र प्रविधि सहकार्यलाई अझ मजबुत बनाउन केन्द्रित रहेको छ।
टोकियो स्काई ट्रीलाई भारतको झण्डाको रङले सजाएर जापानले भारतलाई दिएको विशेष महत्व स्पष्ट देखाएको छ।
जापान र भारतबीच १० वर्षका लागि आर्थिक र सुरक्षा साझेदारी !
जापानका प्रधानमन्त्री शिगेरु इशिबा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आगामी एक दशकसम्म आर्थिक र सुरक्षा सम्बन्धलाई थप बलियो बनाउने सहमति भएको छ।
टोकियोमा भएको वार्तामा दुवै देशले "संयुक्त दृष्टिकोण" प्रस्तुत गर्दै पाँच वर्षभित्र जापानको लगानीलाई १० खर्ब येन र दुई देशबीचको जनस्तरको आदानप्रदान ५ लाख पुर्याउने लक्ष्य राखेका छन्। यसका साथै, सन् २००८ पछि पहिलो पटक सुरक्षा सहयोगसम्बन्धी संयुक्त घोषणापत्रलाई परिमार्जन गरी सैन्य अभ्यासलाई विस्तार गर्ने तयारी पनि गरिएको छ।
यस सम्झौताले चीन र अमेरिकासँगको तनावका बीच जापानले भारतलाई रणनीतिक साझेदारको रूपमा हेरेको देखाउँछ।