(Japan) 12 th October | 2025 | Sunday | 10:24:47 AM || (Nepal) 7:09:47 AM
 
 

चक्र, ईब्सल सञ्जेल र उत्तमले टोकियोवासीलाई कर्णाली सांगीतिक साँझका नचाउने

  POSTED ON : Wednesday, 09 April, 2025 | Views : 972

चक्र, ईब्सल सञ्जेल र उत्तमले टोकियोवासीलाई कर्णाली सांगीतिक साँझका नचाउने


टोकियो, जापान ।

नेपाली सांगीतिक क्षेत्रमा सदावहार गायकको रुपमा स्थापित चक्र बम तथा उदियमान गायिका ईब्सल सञ्जेल र उत्तम शर्माको साथमा कर्णार्ली समाज जापानले टोकियोमा कर्णाली सांगीतिक साँझ आयोजना गर्ने भएको छ ।

यहि अप्रिल २९ तारिख साँझ मध्य टोकियोको ईकेबुकुरोमा रहेको तोशिमा सिभिक सेन्टर हलमा विशुद्ध कर्णालीको सांगीतिक स्वाद पस्कनेगरि सांगीतिक कार्यक्रम आयोजना तय गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

नजर लगाली ओइ काजल, भन साली तेरि दिदि कहाँ छ, पहाडिया विग्रियो, लाल कुर्ति लगायत तीन दर्जन बढि लोकप्रिय गीतका गायक चक्र बमको विशेष प्रस्तुती रहने सांगितिक साँझमा आयोजकले पहिलो पटक लोक दोहोरी क्षेत्रमा नव प्रतिभाको रुपमा उदाएकी गायिका ईब्सल सञ्जेललाई जापानका नेपालीहरुमाझ उपस्थित गराएको छ ।

पछिल्लो पटक गायक पशुपति शर्मासँगको 'साईली' बोलको म्यूजिक भिडियो सहितको लोकगीत बाट दर्शकमाझ लोकप्रिय छवि बनाएकी गायिका ईब्सल सञ्जेल लाईभ लोकदोहोरी क्षेत्रमा चर्चित नाम हो । मेला, महोत्सवहरुमा हुने स्टेज कार्यक्रममा कर्णालीको स्वादसँगै लोक दोहोरी गीत मार्फत दर्शकलाई नचाउन खप्पिस ईब्सलको आगमनले जापानमा रहेका लोकदोहोरी गीतका पारखीहरुको उत्साहजनक सहभागीता हुने देखिएको छ ।

कर्णाली प्रदेश समाज जापानको आयोजना, सुदुर पश्चिमेली नेपाली समाज र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाको सह आयोजनामामा कर्णाली तथा सुदुर पश्चिम क्षेत्रका कला संस्कृतिको जगेर्णा र प्रचार प्रसारका लागि कर्णाली सांगीतिक साँझ आयोजना गरिएको आयोजकहरुले बताएका छन् ।

कार्यक्रम मार्फत कर्णालीका विपन्न समुदायका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यका लागि सहयोग गरिने लक्ष्य समेत आयोजकको छ ।