(Japan) 26 th April | 2024 | Friday | 11:17:34 AM || (Nepal) 8:02:34 AM
 
 


चर्चीत जापानी अभिनेत्री कुमिको ओकाएको कोरोना संक्रमणले निधन

Sangita Bhatta   POSTED ON : Thursday, 23 April, 2020 | Views : 5462

चर्चीत जापानी अभिनेत्री कुमिको ओकाएको कोरोना संक्रमणले निधन


टोकियो, जापान ।

नयाँ कोरोना भाईरसबाट संक्रमित पाईएकी लोकप्रिय जापानी अभिनेत्री कुमिको ओकाएको निधन भएको छ ।

कोरोना भाईरसबाट संक्रमित पाईएपछि टोकियो स्थित एक अस्पतालमा उपचाररत कुमिको ओकाएको आज निधन भएको हो ।

६३ बर्षिया अभिनेत्री कुमिको ओकाएको निधन भएको उनका श्रीमान् बाकु ओवादा र छोरी मिहो ओवादाले पुष्टि गरेकी हुन् ।

ओवादाका अनुसार ओकाएको अप्रिल २३ तारिख बिहिबार बिहान ५ बजेर २० मिनेटमा मृत्यु भएको हो ।

आफ्नो श्रीमतीको निधन भएको बारे जानकारी गराउने क्रममा उनले भने-'फ्यान, साथीहरु तथा आफन्तजनबाट पाएको साथ र सहयोगको लागि धन्यवाद व्यक्त गर्दछु । यसका साथै उपचारमा संलग्न चिकित्सकहरुको सहयोगप्रति धन्यवाद व्यक्त गर्दछु । कोरोना भाईरस एकदमै डरलाग्दो भएकाले, कृपयाँ तपाईहरुले सावधानी अपनाउनुहोला ।'

स्मरणीय छ यसअघि जापानका सर्वाधिक लोकप्रिय हांस्य अभिनेता केन सिमुराको तीन साताअघि कोरोना भाइरसकै कारण ज्यान गएको थियो ।

...

लोकप्रिय हाँस्य कलाकारको मृत्युले जापानलाई कोरोनाभाइरसको भयाबह स्थितीको चेतना जगायो 

यसअघि प्रकाशित समाचारमा निधन हुनुभएकी कुमिको ओकाएको उच्चारण अन्यथा पर्न गएकोमा सच्चाईएको छ । यसबाट पर्न गएको असुविधाको लागि क्षमा माग्दछौं । सम्पादक

...