(Japan) 15 th January | 2025 | Wednesday | 6:26:46 PM || (Nepal) 3:11:46 PM
 
 


चलचित्र 'पुजार सार्की' प्रदर्शनका क्रममा 'पल शाह' जापान आउँदै !

  POSTED ON : Sunday, 21 April, 2024 | Views : 1362

चलचित्र 'पुजार सार्की' प्रदर्शनका क्रममा 'पल शाह' जापान आउँदै !


टोकियो, जापान ।

लोकप्रिय तीन अभिनेताद्धारा अभिनित बर्षकै बहुप्रतिक्षित रुपमा हेरिएको चलचित्र पुजार सार्की जापानभर प्रदर्शन हुने भएको छ ।

चर्चित अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र राजधानी टोकियो सहित जापानका तीन दर्जन प्रमुख शहरमा प्रदर्शन हुने चलचित्र जापान प्रदर्शन अधिकार पाएका खिमराज शाहले जानकारी दिए । 'टोकियो सहित जापानका सबै प्रमुख २ दर्जन शहरमा प्रदर्शन तय भइसकेको छ' शाहीले भने 'एक दर्जन बढि स्थानमा प्रदर्शनको मिति तय हुन बाँकी रहेको छ ।'

चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको कलाकारहरुको अभिनय रहेको छ।

विकास सुवेदीको लेखन रहेको फिल्ममा सुवास भुसालको लगानी रहेको छ ।

चलचित्रको अधिकाशं छायांकन कास्कीको पोखरा नजिकै पर्ने कास्कीकोट गाउँ र आसपास गरिएको छ । चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् ।

चलचित्रको निर्माण संगितकार सुवास भुसालले गरेका हुन् भने चलचित्रमा पनि भुसालले संगीत तयार गरेका छन् । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् । प्रकाश सपूत, शान्ति श्री परियार र केतन क्षेत्रीले गीतमा स्वर भरेका छन् ।

राजेश श्रेष्ठको डिओपी रहने ‘पुजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गर्दैछन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरले गरेका छन् ।

हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावतको रहेको छ भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन्।

यसका कला निर्देशक दिनेश लामा (गैंडा) हुन् भने माधवप्रसाद पाण्डे र प्रिया रोक्काको मेकअप रहेको छ । यो चलचित्र किंगडम नेटवर्कको ब्यानरमा निर्माण र आरआर फिल्मसले वितरण गरिरहेको छ ।

पल शाह जापान आउने तयारी

चलचित्र पुजार शार्की प्रदर्शनको मिति पारेर अभिनेता पल शाहलाई जापान ल्याउने तयारी आयोजकले गरेको छ ।

जापान प्रदर्शनको अधिकार लिएका खिम राज शाह मे २६ तारिख टोकियोको नाकानो जेरो हलमा हुने प्रदर्शनमा सहभागी हुनेगरि पल शाहलाई जापान ल्याउने तयारी अगाडी बढेको बताउँछन् ।

भिषा आवेदनको तयारी गरिएको बताउँदै शाहीले पल शाहको भिषा लाग्ने विश्वास व्यक्त गर्दै जापान भ्रमणका क्रममा शाहलाई टोकियो शो सहित केहि प्रमुख शहरका शो हरुमा सहभागी गराउने तयारी गरिएको बताए ।

लाईफ फर फ्रेण्डस् समुहले जापान राइटस् लिएको बताउँदै जापानभर प्रदर्शनको अधिकार पाएका खिमराज शाह टोकियोमा हुने मे २६ तारिख आईतबारको शो अहिलेसम्मकै भव्य बनाउने गरि तयारी गरिएको बताउँछन् ।

पल शाहलाई चलचित्र प्रदर्शनको मितिमा टोकियो उतार्ने तयारी अघि बढेपछि चलचित्रको टिकट खरिदको लागि दैनिक दर्जनौं फोनहरु आउन थालिसकेको शाहले बताए ।