टोकियो, जापान ।
जापान सरकार अन्तर्गतकै एउटा प्यानलले देशको विदेशी प्राविधिक प्रशिक्षार्थी कार्यक्रम खारेज गर्न सरकारलाई सुझाव दिएको छ । उक्त प्यानलका विज्ञहरुले विदेशी नागरिकलाई जापानमा मध्यदेखि दीर्घकालीन रुपमा बस्न र काम गर्न सहज बनाउन नयाँ प्रणालीको निर्माण गर्न आह्वान समेत गरेका छन् ।
विज्ञ प्यानलले शुक्रबार आफ्नो अन्तरिम प्रतिवेदन ढाँचामा जारी गरेका छन् । जुन मुख्यतया विकासोन्मुख देशका मानिसहरूलाई रोजगारीका सीपहरू सिक्न अनुमति दिन डिजाइन गरिएको छ ।
तर कठिन कामहरू समावेश गर्ने क्षेत्रहरूमा कार्यबलको अभावलाई भर्नका लागि यो कार्यक्रमको व्यापक रूपमा आलोचना भइरहेको छ ।
प्रतिवेदनमा नयाँ प्रणालीले जापानको श्रम अभावको सामना गर्दै प्रशिक्षणमा मात्र नभई कामदारहरूको स्थिर प्रावधान सुरक्षित गर्नमा पनि केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ ।
यसले कामदारहरूलाई रोजगारदाता परिवर्तन गर्नबाट रोक्ने नियमहरू पनि सहज बनाउनुपर्ने उल्लेख गरेको छ । वर्तमान कार्यक्रमले यसलाई सैद्धान्तिक रूपमा अनुमति दिँदैन ।
जापानमा निर्दिष्ट दक्ष कामदारहरूले जापानमा असिमित समयसम्म बस्न सक्छन् अर्थात् बिना प्रतिबन्ध आफ्नो बसाइको अवधि बढाउन सक्छन् । तर प्राविधिक प्रशिक्षार्थी कामदारहरुको लागि यो छुट छैन । प्रतिवेदनले नयाँ प्रणालीले कामदारहरूलाई जापान लामो समयसम्म बस्नसक्ने प्रावधानहरु सजिलो बनाउनुपर्ने बताएको छ ।
प्यानलले प्रशिक्षार्थी र उनिहरुलाई नियुक्त गर्नेहरु बीच मध्यस्थता गर्ने पर्यवेक्षक संगठनहरूका लागि कडा निगरानिको आवश्यकताहरूमा पनि जोड दिएको छ । तिनीहरूमध्ये केहीले प्रशिक्षार्थीहरूलाई रोजगारी दिने व्यवसायहरू ठीकसँग संचालन गएको निरिक्षण गर्न असफल भएकोमा प्रशासनिक दण्डहरूको सामना गरेपछि यस्तो सुझाव आएको हो ।
प्यानलले यस वर्षको अन्त्यमा आफ्नो अन्तिम प्रतिवेदन जारी गर्ने जनाएको छ ।
विज्ञ प्यानलको प्रतिवेदन कै आधारमा सरकारले नयाँ कदम चाल्ने भएकाले यस प्रतिवेदन अनुसार सरकारले आगामी दिनमा जारी प्राविधिक प्रशिक्षार्थी कामदार ल्याउने हालको कार्यक्रम अत्य गरि यसैलाई परिमार्जन सहित नयाँ कार्यक्रम लागू गर्नेछ । जसले हालकै प्राविधिक प्रशिक्षार्थी भिसामा आइरहेका कामदारहरुको लागि आगामी दिनमा जापान बस्नको लागि सहजता र परिवारका सदस्य ल्याउन पनि बाटो खुल्ने विश्वास गरिएको छ ।