(Japan) 2 nd May | 2024 | Thursday | 6:47:29 AM || (Nepal) 3:32:29 AM
 
 


बेल्जियमसँग अन्तिममा चुकेको जापान अनि कतै नचुकेका यि समर्थकहरु, होण्डाद्धारा सन्यास घोषणा

  POSTED ON : Wednesday, 04 July, 2018 | Views : 10447

बेल्जियमसँग अन्तिममा चुकेको जापान अनि कतै नचुकेका यि समर्थकहरु, होण्डाद्धारा सन्यास घोषणा


टोकियो ।

विश्वकप फुटबलको प्रि क्वाटर फाईनलमा दुई गोलले अग्रता लिएपछि जितको आस जगाएको जापानी फुटबल टिम अन्तिम समयमा चुक्न पुग्दा बेल्जियमसँग पराजित भएर जापान फर्कंदैछ ।

जापानलाई ३–२ गोलअन्तरले पराजित गरेको बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ भने जापानको त्यो यात्रा सपनामै सिमित बनेको छ ।

जापानका खेलाडीले मात्र केही सेकेण्ड रोक्न नसक्दा हार व्यहोर्न पुग्यो । अतिरिक्त समयमा बेल्जियमले गोल गर्न सफल मात्र भएन त्यही गोलले क्वाटरफाईनल यात्रा तय गर्न समेत सफल भयो ।

बेल्जियमका लागि नासेर चाड्लीले बिजयी गोल गरे । त्यसअघि जान भेर्टोनघेनले खेलको ६९औं मिनेटमा टाउकोले प्रहार गरेको बलले जाली चुम्नु ५ मिनेट अघि मात्र मरौने फेलाइनीले गोल गरेका थिए । 

यसअघि जापानका लागि जेन्की हरागुचीले खेलको ४८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको ४ मिनेटपछि खेलको ५२ औं मिनेटमा टाकासी इनुइले गोल गर्दै जापानलाई २–० गोलको अग्रता दिलाएका थिए । जापानले उत्कृष्ट प्रदर्शन गर्दै ४ मिनेटभित्र अर्को गोल गर्न सफल त भयो तर जीतको लागि यो पर्याप्त बन्न सकेन ।


पहिलो हाफमा भने दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । बेल्जियमले गोल गर्ने थुप्रै अवसर खेर फालेपछि पहिलो हाफसम्म गोल गर्ने अवसर गुमाएको थियो । 

बेल्जियमले अब सेमिफाइनल प्रवेशका लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्ने छ ।


कहिल्यै नचुकेका जापानी समर्थक


आफ्नो टिमले जितेको खेलमा मात्र होइन पराजय व्यहोरेर प्रतियोगिताबाट बाहिरिएको समयमा समेत बेल्जियमसँगको खेल सकिएपछि जापानी समर्थकहरुले रंगशाला सरसफाई गरेका छन् ।

आफ्नो टिम विश्वकपबाट बाहिरिएपछि आँसु र पिडा बाकेर रुन्चे अनुहार लगाएर दर्शक दिर्घामा छरिएका फोहोर टिपेका उनिहरुले आफ्नो टिम सामुराई ब्लुले राम्रो खेलेर पनि जित निकाल्न नसकेको भन्दै पिडा पोखे । त्यो भन्दा बढी महानताका साथ उनिहरुले आगामी खेलहरुमा बेल्जियमको जितको लागि शुभकामना दिंदै बेल्जियमका समर्थहरुसँग अँकमाल गर्दै मैदानबाट बिदा भए ।

बेल्जियमसँगको खेलकै क्रममा एक जापानी समर्थकले पराजयपछि पोखेको पिडाको तस्विर अहिले विश्वभर छाएको छ ।

जापानी नागरिक जस्ता देखिने ति अधवैंशे पुरुष समर्थकको रुवाई र क्रन्दन मिसिएको पिडालाई जापानी समाचार माध्यमहरुले समेत महत्वका साथ प्रकाशन प्रशारण गरेका छन् ।


यसैबिच जापानी फुटबलर केइसुके होण्डाले जारी विश्वकप फुटबल नै आफ्नो अन्तिम विश्वकप यात्रा भएको भन्दै आगामी विश्वकपमा नखेल्ने घोषणा गरेका छन् ।

जापानी समाचार संस्था जापानटाइम्सका अनुसार होण्डाले रसिया विश्वकप फुटबल २०१८ नै आफ्नो अन्तिम विश्वकप फुटबल यात्रा भएको भन्दै देशको लागि अन्य प्रतिस्पर्धामा भने सहभागी हुने र सबै खेलबाट अहिलेनै सन्यास लिइनसकेको बताएका छन् ।

सम्बन्धित सामग्री: