(Japan) 26 th April | 2024 | Friday | 12:49:44 PM || (Nepal) 9:34:44 AM
 
 


सिओईको म्याद कहिलेसम्म हुन्छ ? भिएफएस नेपालको पछिल्लो सूचना हेर्नुहोस्

  POSTED ON : Monday, 25 October, 2021 | Views : 13126

सिओईको म्याद कहिलेसम्म हुन्छ ? भिएफएस नेपालको पछिल्लो सूचना हेर्नुहोस्


टोकियो, जापान ।

जापानले कोभिड संक्रमण नियन्त्रणको लागि बिदेशी प्रवेशमा लगाएको प्रतिबन्धका कारण नयाँ भिषा बाहकहरु प्रवेश गर्न पाईरहेका छैनन् । जापान प्रवेशको अनुमतिपत्र पाएपनि भिषा हात नपारिसकेकाहरु बर्षदिन भन्दा लामो समय देखि भिषा र जापान प्रवेश कुरिरहेका छन् ।

तीन महिनासम्म मात्र मान्य हुने उल्लेख भएको योग्यता प्रमाणपत्र (सिओई) आएपनि बर्षदिन नाघिसक्दा अब के गर्नुपर्छ भन्ने धेरैको जिज्ञासा र दुविधा रहेको पाईन्छ ।

यसैलाई मध्यनजर गरेर भिएफएस नेपालले २० अक्टोबर २०२१ मा सूचना जारी गर्दै सिओईको म्याद बारे जानकारी गराएको छ ।

कोभिड-१९ महामारीको प्रभावका कारण जापान प्रवेशमा ढिलाइ भएका विदेशी नागरिकहरूलाई ध्यानमा राख्दै, जापानको अध्यागमन सेवा एजेन्सीले तल उल्लेख गरिए अनुसार सिओईको वैधता मान्य हुने मिति विस्तार गर्न विशेष उपायहरू अपनाएको छ ।

१. जनवरी १ २०२० देखी जुलाई ३१, २०२१ बीचमा जारी गरिएका सबै योग्यताको प्रमाणपत्र सिओईको म्याद आगामी बर्ष सन् २०२२ जनवरी ३१ तारिखसम्म हुनेछ । अर्थात् सिओईमा तीन महिनाको मिति उल्लेख भएपनि उल्लेखित मिति भित्रमा सिओई आएका व्यक्तिहरुले सोही सिओई बुझाएर सन् २०२२ जनवरी ३१ सम्म भिषा आवेदन दिन सक्नेछन् ।

२. अगष्ट १ तारिख २०२१ देखी आगामी बर्ष सन् २०२१ जनवरी ३१ तारिखसम्म सिओई आउनेहरुको सबै सिओईको म्याद जारी भएको मितिले ६ महिनासम्म हुनेछ ।

यसमा झुक्किन नहुने कुरा तपाई्को सिओईमा उल्लेख भएको जारी मितिले ६ महिना हो जनवरी ३१ तारिखबाट होईन ।


तीन महिना भन्दा बढी बितिसकेको सिओईको लागि आवश्यक कुराहरु

यदि आवेदकसँग जारी भएको तीन महिनाभन्दा बढी समय बितिसकेको सिओई छ भने, आवेदकले स्वीकार गर्ने संस्थाले आवेदकको जापान प्रवेश गरेमा स्वीकार गर्न सक्षम छ र सिओई आवेदन गर्दा प्रतिज्ञा गरिएको आवेदकको गतिविधि स्वीकार गर्न सक्षम छ भनी उल्लेखित कागजात पेश गर्नुपर्दछ ।

यस्तो 'डिक्लारेसन' फाराम विद्यार्थीले हो भने आफ्नो जापानस्थित विद्यालयबाट, वर्किगं भिषामा हो भने सम्वन्धित कम्पनीबाट र डिपेण्डेन्ट हो भने जसको भिषामा जान लागेको हो निजको माध्यमबाट भराएर झिकाउनुपर्दछ ।

यो प्रतिज्ञा पत्रले तोकिएको मिति भित्र सिओई बाहक आउन नपाएपनि अब आएमा जापानमा रहनको लागि आवश्यक व्यवस्थाको विषयमा म हाम्रो कम्पनी जिम्मेवार छ भन्ने हो ।

त्यसैले यहाँ क्लिक गरिेर डाउनलोड गरि सोही अनुसार भरेर भिषा आवेदनको समयमा नेपालमा बुझाउनुपर्दछ ।

जापानले प्रवेश प्रतिबन्ध यथावत राखेकाले नयाँ भिषा आवेदन नेपालस्थित जापानी राजदूतावास वा भिएफएसले स्विकार गरिरहेको छैन । यसबारेको ताजा जानकारीको लागि जापानसमाचारडटकम हेर्दै रहनुहोला ।

सम्बन्धित सामग्री: