(Japan) 2 nd May | 2024 | Thursday | 7:02:21 AM || (Nepal) 3:47:21 AM
 
 


२५ सेकेण्ड अघि रेल गुडेपछि रेल कम्पनीले माफी माग्यो

  POSTED ON : Wednesday, 16 May, 2018 | Views : 4582

२५ सेकेण्ड अघि रेल गुडेपछि रेल कम्पनीले माफी माग्यो


टोकियो ।

तोकिएको समय भन्दा २५ सेकेण्ड अघि स्टेशनबाट रेल गुडेकोमा जापानको एक रेल्वे कम्पनीले यात्रुहरुसँग माफी मागेको छ ।

जापानको शिगाको नोटोगावा स्टेशनबाट ७ बजेर १२ मिनेटमा गुड्नुपर्ने रेल गल्तीले ७ बजेर ११ मिनेट ३५ सेकेण्डमा गुड्न गएको भन्दै वेष्ट जापान रेल्वेजले यात्रुहरुसँग माफी मागेको हो ।

जापानी समाचार संस्थाहरुले उल्लेख गरे अनुसार नोटोगावा स्टेशनबाट बिहान ७ बजेर १२ मिनेटमा निशी आकाशी गन्तव्य भएर गुढ्ने उक्त रेलका सहचालकले गल्तीले ७ः११ मा छुट्ने ठानेर ढोका लगाइदिंदा केही यात्रु छुट्न पुगेका थिए । 

यसरी रेल छुटेका मध्ये एक यात्रुले यस बारेमा जेआर वेष्टको मुख्यालयमा खवर गरेपछि छिटो रेल कुद्दा यात्रुहरुमा पर्न गएको ठूलो असुविधाको लागि क्षमा याचना माग्दै कम्पनीले आउने दिनहरुमा यस्ता गल्तीहरु नदोहोर्याउन प्रयास गर्ने प्रतिवद्धता जनाएको छ ।