(Japan) 2 nd May | 2024 | Thursday | 6:31:49 AM || (Nepal) 3:16:49 AM
 
 


जापानमा ताइफुबाट जोगिन १८ लाख ब्यक्तिलाई सुरक्षित स्थानमा जान आदेश, ५७ लाखलाई बिशेष अनुरोध

Bishnu Rokaya   POSTED ON : Monday, 07 September, 2020 | Views : 3046

जापानमा ताइफुबाट जोगिन १८ लाख ब्यक्तिलाई सुरक्षित  स्थानमा जान आदेश, ५७ लाखलाई बिशेष अनुरोध


कुमामोतो, जापान ।

दशकौ यताको शक्तिशाली ठानिएको हाइशेन ताइफुबाट जोगिन जापान सरकारले ५७ लाख बढी नागरिकलाई सुरक्षित स्थानमा जान सुचना जारी गरेको छ । 

जसमध्ये दक्षिण पश्चिमी जापानमा बसोबास गर्ने १८ लाख  बढी व्यक्तिहरुलाई सुरक्षित स्थानमा तत्काल जानको लागि आदेश जारी भएको छ ।

आइतबार रात अबेर सम्ममा यी नगरपालिकामा बसोबास गर्नेहरुलाई सुरक्षित स्थानमा जानको लागि आदेश दिएको छ ।

नागासाकी प्रिफेक्चर – गोतो शहर र सासेबो शहर

कुमामोतो प्रिफेक्चर – कुमा गाउँ र चुनागु शहर

मियाजाकी प्रिफेक्चर – ह्युगा शहर, मिसातो शहर, खादोगावा शहर र किजो शहर

खागोशिमा प्रिफेक्चर – तोशिमा गाउँ, तारुमिजु शहर, खानोया शहर, खागोशिमा शहर, मिशिमा गाउँ, निसीनोउमोते शहर, माकुराजाकी शहर, साचुमासेन्दाई शहर, सोउ शहर , मिनामीओसुमि शहर र किन्को शहर

सल्लाहकरहरुले १० प्रिफेक्चरमा रहेको करिब २७ लाख भन्दा धेरै घरका ५७ लाख व्यक्तिहरुलाई सुरक्षित स्थानमा जानका अनुरोध जारी गरेका छन् ।

सुरक्षित स्थानमा जान भनिएको क्षेत्रहरु यसप्रकार छन

Omuta City in Fukuoka Prefecture, Takeo City and Kohoku Town in Saga Prefecture, Goto City, Iki City, and Sasebo City in Nagasaki Prefecture, Kumamoto City, Kuma Village, and Tsunagi Town in Kumamoto Prefecture, Hita City in Oita Prefecture, Hyuga City, Misato Town, Kadogawa Town, and Kijo Town in Miyazaki Prefecture, Toshima Village, Tarumizu City, Kanoya City, Kagoshima City, Mishima Village, Nishinoomote City, Makurazaki City, Akune City, Satsumasendai City, Soo City, Minamiosumi Town, Kinko Town, and Nagashima Town in Kagoshima Prefecture.

आत्मरक्षा बल सहित जापान सरकारका बिभिन्न निकायले कयौ स्थानबाट अती जोखिम रहेको स्थानका दशौ हजार नागरिकको उद्दार गरिरहेका छन ।

सोमबार बिहानबाट ताइफुको उच्च प्रभाब पर्ने हुनाले त्यसपछी ताइफुको समयमा उद्दार सम्भब नहुने भएकाले सूचना जारी भएका स्थानमा रहने ब्यक्तिहरुलाई आँफै सम्भब भएसम्म छिटो सुरक्षित स्थानमा पुग्न अधिकारिहरुले अनुरोध गरेका छन ।

सम्बन्धित सामग्री: