(Japan) 17 th May | 2024 | Friday | 7:11:37 PM || (Nepal) 3:56:37 PM
 
 


हिमालयन चितुवाले जिते अर्को अन्तरराष्ट्रिय किक बक्सिङ उपाधि

  POSTED ON : Monday, 26 April, 2021 | Views : 4384

हिमालयन चितुवाले जिते अर्को अन्तरराष्ट्रिय किक बक्सिङ उपाधि


टोकियो, जापान ।

जापानका चर्चित नेपाली युवा बक्सर अविरल घिमिरेले ‘अन्तर्राष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि जितेका छन् ।

जापानको नागोया शहर स्थित नागोया कङ्ग्रेस हलमा आइतबार आयोजित भिडन्तमा हिमालयन चितुवाको नामले परिचित अबिरलले पहिलो राउण्डमा नै जापानी खेलाडी योसिदा यइजीलाई परास्त गर्दै ऐतिहासिक जीत हात पारेका हुन । विश्व स्तरिय खेलमा भाग लिएका भेट्रान बक्सरलाई मात्र सो प्रतियोगितामा खेलाइने आयोजकले जनाएको छ ।

आकर्षक भिडन्तमा सोे प्रतियोगिता जित्ने अविरल कम उमेरका पहिलो बक्सर बनेका छन् । घिमिरेले गत चैत १५ गते ‘के वान फेस्टिबल २०२१’ को उपाधि समेत जितेका थिए । उनि के वान उपाधि जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।

जापानको टोकियो शहरमा सम्पन्न सो अन्तर्राष्ट्रिय प्रतियोगितामा जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै अबिरलले नेपालका लागि ऐतिहासिक जीत दिलाएका थिए ।

दश हजारभन्दा बढी जापानीले विश्वचर्चित सो भिडन्त हलमा हेरेका थिए भने आबेमा युट्युब च्यानलमार्फत विश्वभर प्रत्यक्ष प्रसारण गरिएको थियो । अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले बुबाकै विशेष प्रशिक्षणमा हालसम्मका खेलहरुको तयारी र सफलता हातपार्दै आएका छन् ।

सम्बन्धित सामग्री: