(Japan) 2 nd May | 2024 | Thursday | 7:06:56 AM || (Nepal) 3:51:56 AM
 
 


'जापानले विदेशी विद्यार्थीका लागि तत्काल सिमाना खोल्नु पर्छ'

  POSTED ON : Thursday, 27 January, 2022 | Views : 10824

'जापानले विदेशी विद्यार्थीका लागि तत्काल सिमाना खोल्नु पर्छ'


टोकियो, जापान ।

अमेरिकी राष्ट्रपति बराक ओबामा तत्कालीन प्रधानमन्त्री शिन्जो आबेको निमन्त्रणामा अप्रिल २०१४ मा जापानको भ्रमण गर्दा, औपचारिक रुपमा राज्य अतिथिको रूपमा जापान भ्रमण गर्ने २० वर्षमा उनी पहिलो अमेरिकी राष्ट्रपति बने ।

सांस्कृतिक र शैक्षिक आदानप्रदानमा अमेरिका जापान सम्मेलनले तोकेका दिशानिर्देशहरू पछ्याउँदै, दुवै नेताहरू '२०२० सम्ममा विद्यार्थी आदानप्रदान दोब्बर गर्न सहमत' भएका थिए ।

दुई नेताको संयुक्त वक्तव्यले 'पारस्परिक विश्वासमा स्थापित सम्बन्ध, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको लागि साझा दृष्टिकोण, लोकतान्त्रिक मूल्यहरू कायम राख्ने र खुला बजारलाई प्रवर्द्धन गर्न साझा प्रतिबद्धता, गहिरो सांस्कृतिक र जनता जनताबीचको सम्बन्ध'लाई जोड दिएको छ ।

ती शब्दहरूका साथ, 'विश्वविद्यालय क्याम्पसलाई अन्तर्राष्ट्रियकरण गर्ने व्यापार सम्झौताहरू, विश्वव्यापी अर्थतन्त्रको वृद्धि, स्वतन्त्र र खुला समाजसँग सम्बन्धित मूल्यहरू प्रवर्द्धन गर्ने समान धारणा' राखिएको थियो ।

आबे प्रशासनले २०२० सम्ममा ३००,००० अन्तर्राष्ट्रिय विद्यार्थीहरू प्रवेश गराउने लक्ष्यमा जोड दियो । मे २०१९ सम्म, जापान विद्यार्थी सेवा संगठनले रिपोर्ट गरे अनुसार जापानले त्यो लक्ष्य पार गरेको छ र ३१२,२१४ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई जापानमा अध्ययनरत पाईएको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीको देशभित्रको उपस्थिति जापानको विश्वव्यापी उपस्थितिमा स्थायी स्थिरता ल्याउने विम्बका रुपमा देखिन्छ ।

ती खुसीका दिनहरूमा, मेरो जापानी विश्वविद्यालयमा स्पष्ट उर्जा खर्च भएको थियो । विदेशी विद्यार्थीको उपस्थितिमा छलफल चलाउन र प्रश्नहरू सोध्न अतिरिक्त कक्षाहरु संचालन हुन्थ्यो, यसले जापानी र विदेशी विद्यार्थीहरूबिच सामाजिक सम्बन्ध र मित्रता बनाएको र बढाएको थियो ।

जब जापानले अप्रिल २०२० मा आफ्नो सिमाना बन्द गर्यो, ओबामा र आबेले भनेको जनता-जनताको सम्बन्धको शक्तिको संयुक्त कथन छ वर्ष पछि रोकिन पुग्यो । हामी सबैले एक वर्ष स्तब्ध भएर बितायौं, किनकि विश्वलाई एक सय वर्षमा हुने गरेको एक पटकको महामारीले ग्रसित गरेको थियो । त्यसपछि अर्को वर्ष खोपहरूले हामीलाई बन्दि जस्तै जीवनबाट रिकभरी तर्फ जीवनको आशा दियो ।

विश्वका अधिकांशको लागि खोप पछिको पुन प्राप्तिको अंश भनेको कोभिड-१९ को पहिलो वर्षमा अनुपस्थित भएका विदेशी विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई पुन स्वागत गर्नु हो । गत वर्ष, जापानको छिमेकी, दक्षिण कोरियाले विदेशी विद्यार्थीहरूको लागि आफ्नो सीमा फेरि खोल्यो ।

कोरियाली सरकारले दक्षिण कोरिया र अन्य समाजहरू बीच पुल निर्माण गर्न यी विद्यार्थीहरूको शक्तिलाई अत्यावश्यक ठानेर मान्यता दियो । अनिवार्य खोप, प्रभावकारी 'क्वारिन्टिन' उपायहरू मिलाएर सुरक्षित प्रवेशको लागि अनुमति दिईयो ।

तर जापान आफ्नो सुरक्षा उपायहरूको कठोरतामा विश्व प्रसिद्ध बन्न पुगेको छ, के यति अभेद्य कठोर रहनुपर्छ ?

जापानको शैक्षिक आदानप्रदान सम्झौताहरू एउटा समयमा पुगेर अड्किएको जस्तो देखिन्छ, मानौं २०२० बाट घडी चल्न छाडेको छ ।

यस लामो अवधिमा, जापान आउने विद्यार्थीहरूले अब आफ्नो अन्तर्राष्ट्रिय अध्ययन यात्राको लागि अन्य देशहरू छनौट गरिरहेका छन् । कसले तिनीहरूलाई दोष दिन सक्छ ? उनीहरूलाई 'विश्वव्यापी शिक्षाका सुपरस्प्रेडरहरू'को सट्टा 'कोभिड भाइरसको सुपरस्प्रेडरहरू' जस्तै व्यवहार गरिएको छ ।

विदेशी विद्यार्थीहरूका लागि जापानको सीमा प्रतिबन्धहरू 'आदानप्रदानको एक एपिसोड नै खराब' भएको जस्तै हो ।

जापान प्रवेश गर्न नसक्ने विद्यार्थीहरूको लागि, उनीहरूको जीवन परिवर्तन गरेको छ, तर पूर्ण रूपमा फरक अर्थको साथ । निराशा र निराशा मात्र । त्यसपछि योजनाहरूको परिवर्तन, जसले उनीहरूको जीवनको गतिलाई परिवर्तन गर्नेछ ।

जापानमा शैक्षिक आदानप्रदानमा काम गर्ने एक अमेरिकामा आधारित साथीले मलाई भने कि उसले साप्ताहिक रुपमा जापान आउने विदेशी विद्यार्थी घट्दै गएको बारेमा सुन्दै आएको छ । एकजना कलेज जुनियर थिए, जसले सात वर्षदेखि जापानी भाषा पढिरहेका थिए  'उनी जापान जान धेरै उत्सुक थिईन्' उनले भने- 'जापान बन्द भएकोले, उनी पेरु जानेछिन् ।'

जापानको यात्रा प्रतिबन्धको नतिजाको बारेमा अनगिन्ती कथाहरू अनलाइनहरुमा प्रकाशित गरिएको छ, जसमा 'एजुकेशन इज नट टुरिजम' को रुपमा एक संस्थाले तथ्याङ्कमा प्रस्तुत गर्दै आएको छ ।

मेरो एक विदेशी विद्यार्थीले मलाई विगत दुई वर्षदेखि उनले आफ्नै देशबाट अनलाइन अध्ययन गरिरहेको बताए । आफ्ना साथीहरूमाझ ठट्टा गर्दै उनले आफ्नो 'बेडरूमबाटै जापानको स्नातक समारोह आयोजना गर्नुपर्ने' बताउन थालेका छन् ।

उनी चाँडै तेस्रो वर्षको विद्यार्थी हुनेछन्, तर उनी जापान बाहिर भएकोले, उनले परम्परागत रोजगारी खोजीमा भाग लिन सक्नेछैनन र अब कुनै राम्रो समाचार नसुनेको खण्डमा आफ्नो शिक्षा विस्तार गर्न बेलायतलाई हेरिरहेको बताए ।

उहाँले मलाई एक पूर्व चेतावनीको रूपमा भन्नुभयो 'शिक्षाले सफ्ट पावरमा यति ठूलो प्रभाव पारेको छ र यो स्पष्ट छ कि जापान अहिले पछि धकेलिरहेको छ ।'

...

लेखक न्यान्सी स्नो 'क्योतो युनिभर्सिटी अफ फरेन स्टडीज पब्लिक डिप्लोमेसी'की विशिष्ट प्रोफेसर हुन् । एसिया निक्केईमा प्रकाशित ।

सम्बन्धित सामग्री: