(Japan) 2 nd May | 2024 | Thursday | 7:11:13 AM || (Nepal) 3:56:13 AM
 
 


फुकुओकामा विद्यार्थीले नगद ५०,००० येन सहयोग लिन यसरी आवेदन दिनुहोस्

  POSTED ON : Thursday, 18 March, 2021 | Views : 2770

फुकुओकामा विद्यार्थीले नगद ५०,००० येन सहयोग लिन यसरी आवेदन दिनुहोस्


फुकुओका, जापान ।

कोभिड-१९ संक्रमण र त्यसका कारणले असर परेका विद्यार्थीकालागि सहयोगका निम्ति फुकुओका सहरले विशेष लाभको व्यवस्था गरेको छ ।

फुकुओका शहरमा बसोबास गरेर अध्ययन गर्दै आएका विद्यार्थीहरुका लागि आर्थिक सहयोग उपलब्ध गराउँदै प्रति विद्यार्थी ५०,००० येन अनुदान उपलब्ध गराईने भएको छ ।

विशेष लाभ आपतकालले गर्दा असर परेका विद्यार्थीका लागि भएकाले उनिहरुको पढाई नछुटोस् भनेर सहयोग गरिएको जनाईएको छ ।

फुकुओकामा बसोबास गर्दै आएका र फुकुओकाको कुनैपनि शिक्षण संस्थानमा भर्ना भएकाहरुले सहयोग लिन आवेदन दिन सक्नेछन् ।

यसको लागि फुकुओका शहरमा बस्दै आएका जापान भित्रको युनिभर्सिटी, जुनियर कलेज, प्रशिक्षण कलेज, टेक्नोलोजि कलेज, जापानी भाषा शिक्षा संस्थानमा अध्ययनरत विद्यार्थी योग्य छन् ।  आवेदन दिने विद्यार्थी सन् २०२१ जनवरी १४ तारिकबाट फुकुओका सहरमा बस्दै आएको हुनुपर्नेछ । यस बाहेक विद्यार्थीहरुका अभिभावकहरु निवास कर २०२० छुट भएका माथि उल्लेखित सहित अन्य योग्यतालाई आधार बनाईएको छ ।

आवेदन सन् २०२१ मार्च १२ तारिख शुक्रबार देखी मार्च ३१ तारिखसम्ममा आवेदन दिनुपर्नेछ ।

कृपयाँ आवेदन दिने प्रक्रिया र आवश्यक सम्पूर्ण कागजातबारे नेपाली भाषामा नै उल्लेख भएकाले यहाँ क्लिक गरेर फुकुओका शहरमा बसोबास गर्ने नेपाली विद्यार्थीहरुलाई आवेदन दिनुहुन अनुरोध गर्दछौं ।

यसको लागि टेलिफोन नम्बर ०९२-२८५-१३८५ वा मेल ठेगाना  fukuokacity-gakuseishienkyufu01@jtb.com मा कार्यालय समय ९ बजे देखि ६ बजेसम्म शनिबार, आइतबार तथा सार्वजनिक छुट्टिमा पनि सम्पर्क गरेर नेपाली भाषामा नै बुझेर आवेदन दिन सक्नुहुनेछ ।

सम्बन्धित सामग्री: