(Japan) 2 nd May | 2024 | Thursday | 6:52:17 AM || (Nepal) 3:37:17 AM
 
 


जापानमा कोभिड महामारीपछि व्यवसायहरुले ५० खर्ब बुझे

  POSTED ON : Thursday, 16 December, 2021 | Views : 3958

जापानमा कोभिड महामारीपछि व्यवसायहरुले ५० खर्ब बुझे


टोकियो, जापान ।

सरकारले रोजगारी समायोजन सहुलियत कार्यक्रम अन्तर्गत उपलब्ध गराएको वा गराउन भनेर छुट्याएर राखेको रकम ५० खर्ब येन नाघेको छ । जापानको श्रम मन्त्रालयले सोमबार यस्तो बताएको भन्दै जिजी प्रेसले समाचार छापेको हो ।

सरकारले सन् २०२० को मार्चयता कोरोना भाइरसको महामारीको मारमा परेका व्यवसायहरुलाई कर्मचारी टिकाइराख्न मद्दत गर्ने कार्यक्रम अन्तर्गत विशेष उपाय शुरु गरेपछि भुक्तानी रकम बढेको हो । सरकारले कार्यक्रममा अतिरिक्त रकम प्रवाह गर्ने निर्णय गरेको छ ।

यद्यपि, बीमा प्रणालीको वित्तीय अवस्था कठोर रहेकोले आगामी आवमा रोजगारी बीमा प्रिमियम दर भने बढाइनेछ । रोजगारी समायोजन सहुलियत कार्यक्रमअन्तर्गत कम्पनीहरुले तलबी बिदामा राखेका कर्मचारीहरुको बिदा भत्ताको केही हिस्सा सरकारले बेहोर्ने गरेको छ ।

सन् २०२० को मार्चदेखि यही शुक्रबारसम्म यस रोजगारी समायोजन सहुलियतका लागि भुक्तानी गर्ने निर्णय गरिएको कूल रकम १० खर्ब ४६ अर्ब २० करोड येन पुगेको छ ।