(Japan) 18 th March | 2025 | Tuesday | 6:10:22 AM || (Nepal) 2:55:22 AM
 
 


जापानमा निशुल्क 'सूचना सम्प्रेषण' गर्दा ‘बिचौलिया’लाई पिरलो !

जापानमा निशुल्क 'सूचना सम्प्रेषण' गर्दा ‘बिचौलिया’लाई पिरलो !


गोकर्ण अधिकारी-
यो लेखको पूर्वाधमा सञ्जालको ‘व्यक्तिगत टाईमलाईन’मा विषय कोट्याउँदै केही हरफ लेखें । जापानमा ‘पत्रकारिता प्रयास’ बाहिरी वाहवाही भित्र ‘पत्रु-कार’ सुरुवाती लाईन यहि थियो ।

स्पस्ट शब्दमा ‘पत्रकार होईन’ भन्ने खुलाउँदै पत्रकारले गर्ने ‘पत्रकारिताको प्रयास’ मात्र गर्दै आएको हरफको सुरुवाती शब्दहरुले खुलाउँछ । अनि जोडिएको अर्को लाईनले प्रयास मात्र गरिरहँदा देख्दा चाहिँ ‘वाहवाही पाएजस्तो’ तर भित्रि आवरणमा पत्रकारिता नगरेपनी ‘सूचना मात्रैको सम्प्रेषण’ गर्दा पनि ‘पत्रु-कार’शब्दको ‘भारी भिराईएको’ उल्लेख छ ।

विषयगत लेखको पूर्वाधमा ‘नेपाली ईन जापान’का एडमिनसँग छलफल गरें । सुझाव पाएं ‘व्यक्तिगत तर्फ नलाग्नुस् प्रवृत्ति उल्लेख गर्नुस् ।’
सूचना सम्प्रेषणमै सहभागी एक मित्रले छुद्र शब्दले पत्रुकारको जिकिर प्रस्तुत गर्नुहुने एक व्यक्तितर्फ लक्षित गर्दै ‘भेडाहरु’को कुरा सुनेर पत्रकारिता नगर्न भन्दै कलम चलाईराख्न हौसला दिए ।
बाँकी प्रतिक्रिया यिनै दुई धारका छेउकिनार पाएं जुन मैंले अपेक्षा गरेको थिएं ।

के सूचना सम्प्रेषण गर्नु आफैंमा गल्ति वा अपराध हो ?
सम्भवत जापानबाट व्यवसायिक पत्रकारिताको पूर्व अनुभव र रहरलाई फरक कर्मका बिच निरन्तरता दिएकाहरु ‘मात्र’ जापानमा ‘नेपाली सूचना प्रशारण’मा संलग्न छौं ! पत्रकारको रुपमा होईन-सूचना बाहकको रुपमा ।

यसमा हाल संचालित प्रमुख अनलाईन न्यूज पोर्टलहरु नेपाली ईन जापान देखी समुन्द्रपारी, जापान समाचार, नेपाल जापान, नेपालन्यूजपोष्ट’ मातृसन्देश, फोनिज न्यूज, एभरेष्टफुजीन्यूज, नेपाल जापानसमाज सहित करिव एक दर्जन अनलाईन देख्न सकिन्छ ।

उल्लेखित मध्येपनी केही अनलाईनहरु मात्र नेपालमा कानुनी रुपमा दर्ता भएका छन् । जापानमा नै आधिकारिक दर्ता, कानुनी स्विकृती वा केही ‘अजासु’हरुले भनेजस्तो पत्रकारको परिचयपत्र बोकेर ‘पत्रकारिता गर्ने महानुभाव’ अहिलेसम्म देख्न र भेट्न पाएको छैन ।

के त्यसो भए जापानमा सूचना सम्प्रेषण गरिरहेकाहरु रोकिनुपर्ने वा नचाहिने नै भएको हो त ?

जापानको सार्वजनिक समाचार संस्था एनएचकेले हाल २० वटा भाषामा अनलाईन समाचार प्रकाशन गर्न थालेको छ । दुई महिना अघिमात्र उसले एक दर्जन बढी भाषामा समाचार प्रशारण बृद्धि गरेपनी नेपाली भाषालाई अहिलेसम्म समावेश गरेको छैन ।

जबकी एनएचकेले बंगाली (बंगलादेश-ईण्डिया) बुर्मिज (म्यानमार), स्वाहिली (नाईजर-कंगो), पर्सियन 'फारसी पनि भनिन्छ' (ईरान-ताजकिस्तान क्षेत्रमा बोलिने) भाषालाई समेत प्राथमिकता दिएको छ ।
जापानमा रहेका बिदेशी नागरिकको संख्या सहित सम्वन्ध र जनसंख्या समेतलाई हेर्ने हो भने २० मध्ये माथि उल्लेखित भएका केही भाषा भन्दा बढी प्राथमिकतामा पक्कै पनी नेपाली भाषा परेको थियो वा हुनुपर्छ । तर किन नेपाली भाषा तत्काल एनएचकेको छनौटमा परेन ?
यसको जवाफ तथ्य, अवस्था र बास्तविकता समेतलाई हेर्ने ज्ञानको ल्याकत ‘बुज्रुग’हरुले राख्नुहुन्छ भने व्यक्तिगत मैंले होईन, मेरो ‘एक अंश’ र बाँकी ‘९९ सय हामी’बिच रहेका साथीहरुको सूचना प्रवाहको क्षमता र प्रवाहको अवस्था देखेरै एनएचकेले छनौट नगरेको हुनुपर्दछ !

यसबारे गठनको पूर्वसन्ध्यामा रहेको जापान नेपाल पत्रकारहरुको संस्थाको समुहगत छलफलहरुमा जापानको टेलिभिजन, पत्रिका, रेडियो सहित अनलाईनमा आवद्ध वरिष्ठ पत्रकारहरुले राखेको सन्दर्भ र जिज्ञासाले समेत माथिको तथ्य र दाबीलाई पुष्टि गर्दछ ।
‘जापानमा ईण्डियन, थाई, फिलिपिनो, भियतनामीहरुको संख्या नेपालीहरुको जस्तै उल्लेख्य छ । तर उहाँहरुले नेपालीहरुको जस्तो अनलाईन, पत्रिका वा पत्रकारितामा आवद्ध भनेर यतिधेरै आउनुभएको हामीले देखे भेटेको वा सुनेको छैनौं तपाईहरुको यो क्रियाशिलता लोभलाग्दो छ ।’ जापानी पत्रकार, लेखक, विश्लेसकहरुले हामीहरुको भेटमा यस्तै भाषामा पटक पटक भन्नुभएको छ ।

जस्तो देख्यो त्यस्तो बाल्नेलाई लोभ लाग्दो लागेपनी आफु अनुकुल नहुँदा वा सबैलाई भ्रम छरेर गुमराहमा राख्ने लालचा र अवस्था नरहँदा मनपेट पोल्नु स्वभाविक हुनसक्छ । तर त्यसो गर्न नपाउँदैमा अरुले निस्वार्थभावले गरेको कर्म ‘के अपराध नै नै हुनसक्छ ?’

नेपालमा कर्म एउटा जापानको भिषा अर्को । भिषा एउटा अनि काम अर्को । काम एकातिर सूचना प्रवाहको अनुभव वा रहरको जाँगर अर्को । अनि यसले सूचना प्रवाहको गती वा मर्मलाई मार्यो चाहिँ कहाँ र कसरी ? दम छ तार्किक बहस गर्ने ?

सूचना प्रवाहको सञ्जाल घर, कोठा वा परिवारमा सिमित राख्न मिल्ने वा रहेको गुपचुप विषय होईन । सूचनाको यो प्रवाहमा रहेका म र हामीहरुलाई राम्रोसँग ज्ञान र हेक्का छ हामी जापान सरकारको नियमन गर्ने निकायको नजरमा छौं । जुन कुरा नेपाली युवाहरुबिच भएको सामुहिक झडप, तोडफोडका घटनामा सम्वन्धित निकायबाट प्रत्यक्ष सम्पर्क गरि कुनै जानकारी भए दिन गरिएको अनुरोध/मागले हामीलाई बोध गराईसकेको छ ।

तपाईंको भिषा अवधि सकिने संघारमा मात्र तपाईंलाई जापानी निकायले सोधपुछ गर्छ र चिन्छ होला ! हामीलाई दैनिक हामीले दिने सूचना मार्फत चिनिराखेको छ । जब हामी आफुलाई दैनिक चिनिएरै उभ्याईराखेका छौं भने ‘निशुल्क सूचना लिने र दिने’ बिचको तपाई 'बिचौलिया'लाई किन बित्यास पर्यो ?
...
क्रमश.... (भाग दुई) अगष्ट २३ आईतबार
'समाचार' लेख्दा 'पखेंटा पलाएको धम्कि'