मिति २०८५ साल, स्थान केन्द्रिय कारागार सुन्धारा !
ठुलो कम्पाउण्ड, त्यसमा अझै पर्खालको सबैभन्दा माथिल्लो लेयरमा काँढेतार समेत लगाएको छ भने प्रत्यक ५०-५० मिटरको फरक दुरिमा बन्दुक सहितको प्रहरी 'सेन्ट्रि' तयारी हालतमा भरुवा तेर्स्याएर बसेका देखिन्छन । सोहि कम्पाउण्ड भित्र करिब ६०० मान्छे अटाउने 'क्यापासिटि'को ठाउमा करिब २२०० जति जमातको बसोबास् ।
नाइकेले राखिदिएका भित्रका नामहरु - कसैका नाम ललिता, कसैलाइ सुरक्षा, कसैका यति, कसैको ओम्नि, कसैका बतासे, कसैका आयल निगमे, त कसैका लडाकु, भने कसैको नक्कलि शरणार्थि, कसैको गोरे त कसैको सुन चोरे । तर सबैभन्दा बढ्ता संख्या चाहि ललिता ग्रुपका 'बढ्का महानुभावहरु'को देखिन्छ । पाटेशन गरेर सबैको 'ब्लक' अलग-अलग निर्धारण गरिएको छ ।
कोहि ख्याउटे, कोहि झुस्स दाह्री, कोहि फुस्रो निन्याउरो वैरागी अनुहार कसैलाइ नङकेश लामा-लामा छन्, भने कोहिका अनुहारमा दुख पिडाको सङ्केत रत्ति भर देखिन्न । अझ आउनु पहिलाको अवस्था भन्दा झन हृष्ट पुस्ट कुलुक्क मोटाएका देखिन्छन । त्यो भित्रको दृष्य हेर्दा ठ्याक्कै जसरि 'प्ले ग्रुप'का बालबालिकाका 'क्लास' जस्तो देखिन्छ, हो ठ्याक्कै त्यस्तै देखिन्छ । कोहि मुडा बुन्दै छन्, कोहि, मफलर बुन्दै, कोहि बाघचाल खेल्दै, कोहि भात तिहुन पकाउने जोहो गर्दै छन, कोहि फोन गर्न लाइनमा फोन नम्मरको चिर्कटो बोकेर लाइनमा उभ्भिएका देखिन्छन त कोहि सौचका लागि लाइन लागेर पालो कुरेर भुडि छाम्दै अनुहार बिगार्दै भित्रकालाइ 'ओइ छिटो निस्कि न !' भन्दै चिच्याइरहेका छन । कोहि भलिबल खेल्दै, कोहि कपाल कन्याउदै, कोहि पुर्पुरोमा हात लगाएर झोक्राइरहेका छन त कोहि एक आपसमा गफिदै छन भने कोहि एक्लै पुस्तक पढ्दै छन ।
एकाध ब्यक्तिहरु (नाइके, भाइ नाइकेहरु बाहेक) बाकि सबै त्यस्तो सफाचट देखिन्नन, न त अनुहारमा कुनै चमक नै । अलि पर्तिर ढोका नेर ठुलो भुडिवाल जुङ्गे हल्दार पुरानो काठे कुर्सिमा कानमा इएर फोने ठोसेर दोहोरि गित सुन्दै जमात पट्टि फर्किएर प्रति २० मिनेट अन्तरालमा एक चोटि चिच्याउदै 'ओइ हेर है अहिले तेरो डडाल्नो सेक्नु नपरोस्, त्यो काम छिटो गर' भन्दै हकारि रहेका देखिन्छन । 'तिमि' सम्म भन्ने वातावरण समेत हुन्न त्यहा। सबैलाइ सम्बोधन गर्ने एउटै शब्द हुन्छ 'त' ।
'ओइ कैदिहरु थाल कचौरो लिएर छिटो लाइन लाग्न मुन्टि' मेस मास्टर ठुलो स्वरले चिच्याउछ । लगत्तै सबै जना लाइनमा थाल कचौरो लिएर लाइनमा उभिन्छन । खाना थाप्दै गर्दा ललिताले गुनासो गर्छ- 'दाल सार्है तुर्लुङ्ग सङ्लो भयो हजुर अनि भातको सिता पनि सार्है मोटो भयो, प्रत्यक गासमा ढुङ्गा भेटिन्छ, लौन हजुर म त अलि खान्तपिन्ता परिवार बाट बिलोङ गर्ने हुदा अलि हेरिदिनुहोला न । यस्तो खाना त पहिला मैले आफ्नो कामगर्ने हरुलाइ पनि दिदैन थिए ।' भनेर नाक बजाउछ । 'ओहो ! हाम्रो हाकिम फलमासुको ज्युनार टक्र्याइ बक्सन्छु म, अनि ज्युनार गरिबक्सेला है' भनेर व्यग्य गर्दै 'हेर है त बढि ल्याङ ल्याङ गर्दै छस। बढि ल्याङ ल्याङ गरिस भने के.का.शा. (केर कार शाखा) लगेर डडाल्नो सोझ्याउनु नपरोस नि फेरि !' भनेर नाइके गर्जना साथ सुन्ने सबै गलल्ल हास्छन।
ललिता चाहि चुप लागेर दाल भात थापेर अलि पर गएर खान लाग्दा दालको कचौरोमा हेर्दा आफ्नै छाया देखिने गरि पारदर्शी दाल (झोल मात्र भएको, छोक्रा भेट्न मुस्किल दाल) देख्दा खोर बाहिर हुदाको आफ्नो सान सौकत्, ऐस आरमको भि.भि.आइ.पि. रहन सहन सम्झेर तप्प आशु झार्छ ।
उता झोक्राइरहेका अर्को बुढाको हाल पनि उस्तै छ । बाहिरका मानिसहरु कैदि भेट्न आएका देख्ना साथ आशातित आखाले भृकुटी उचाल्छन तर अर्कैको लागि आएको देख्दा फेरि पुर्पुरोमा हात लगाउदै बिगत दिन सम्झिदै भक्कानिदै गरिरहेका हुन्छन ।
'हल्दार साप्, एक कल गर्न मोबाइल दिनुस न !' भनेर माग्दा अस्ति तैले गरेको '५ कलको पैसा २०० रुपैया' अझै दिएको छैनस अझै फेरि तलाइ । यो पालिको मुडाको पैसा आएपछि पहिला त्यो तिर भन्ने जवाफ आउदा संचार मन्त्रालयको सबैभन्दा ठुलो ओहोदामा रहदाको यस आराम अनि नीतिगत हि.मि. (हिनामिना) सम्झेर खुइए.. गर्दै पहिला आफुले करोडमा हानियो अहिले यिनिहरु रुपैयामा हान्दै छन । सबैले खाने रहेछन बाहिर देखि भित्र सम्मैका सबैले मनमनै आत्म आलोचना गर्दै लुरुक्क फर्किन्छ ।
उता कारागार प्रशाशनका कर्मचारीहरुलाइ मोटामोटि थाहा हुन्छ कि, को कतिबेला छुट्नेवाला छ, त्यसैले उनिहरुले पनि कि त भर्खरै आएका बढ्का कैदिहरु जसको मुद्दा छिनोफानो हुन बाकि छ, कि त उनिहरु लाइ बढि चाकडि गर्छन्, कि त निस्कन निस्कन लागेकोहरुलाइ बाहिर गएपछि आफ्नो लागि केहि गर्दी हाल्छ कि भन्ने आशाले बढि सहुलियत दिने गर्दछन । त्यो बाहेक बिच्चको लागि त उनिहरुले गन्दा पनि गन्दैनन ।
जेलर चाहि फेरि कारागार भित्रको 'गब्बर सिङ्' भन्दा डरमर्दो हुन्छ । किनकि उसले ४/५ लाख माथि नै भेटि चढाएर त्यो पदमा पुगेको हुन्छ। उसको निरङ्कुशता अनि उदण्डता यत्ति खतरा हुन्छ कि, कसैले उसको आज्ञा पालना गरेनन मात्र भने पनि बबण्डर मच्चाउन थालिहाल्छ अनि जेलर, कारागार प्रशाशनका सबै कर्मचारिहरु सबै अन्देखा भएर बसेका हुन्छन । यदाकदा अनुगमनमा जाने अधिकारप्रदत्त कर्मचारिहरु माझ भित्रको पोल कसैले खोल्यो मात्र भने उनिहरु फर्कनासाथ रामधुलाइको राम्रै प्रबन्ध गरिने हुदा त्यहा तेल नै नहालि तरकारि पकाइएको खाइरहेको भए पनि 'आहा कस्तो मिठो' भन्दै खानु पर्ने हुन्छ ।
'हिजो सेक्युरिटि गार्डका ताति लगाएर साइरन बजाउदै हिडेका, गोरु बेचेको नाता समेत नभएकाहरु पनि नाता गास्दै हर्पे का हर्पे घ्यु कोशेलि बोलि भेट्न लाइन लागेर घरमा पुगेका दिन सम्झिदै अहिले घर परिवार कै सदस्यहरु समेत भेट्न एक जना पनि नआउदा मन कुड्याउदै बसेका छन । छोराबुहारि नातिनातिनाहरुलाइ भेट्न समेत कहिल्यै आउदैनन सालको एक दुइ चोटि श्रीमती आउथिन पहिला पहिला त, तर अचेल उनि पनि आउन छोडिन। प्रेष्टिजमा धक्का लाग्छ अरे । जेलमा भेट्न आउन । उ बेला भए भरको सबै लुड्याएको सम्पतिहरु आफन्तको नाममा पास गरियो अहिले जस जसको नाममा पास गरिएको हो, सबैले पचाइदिए ।' मार्मिक कथा सुनाउछ ।
अलि छेउ पट्टि दुइ पुर्व हाकिमहरु गफिदै थिए । 'अब दुइ महिना पछि गणतन्त्र दिवश आउदै छ, ए हाकिम साप ! निस्कने होइन त यसपालि ?' पुर्व उपसचिव लेबलकोले अझ माथिल्लो लेबलको लाइ प्रश्न गर्छ । 'खै निस्कन मन कसलाइ पो हुन्न र जोडा ! तर के गर्नु' लगत्तै' भन्छ नाइकेले । अलि मिलाइदिनुस न 'असल चाल चलनुको सिफारिस बनाउन भनेर अनुरोध गरेको 'उठान देखि बैठान' सम्मको 'स्टेप'मा बिसौ जनालाइ भेटि चढाउनु पर्छ त्यो भन्दा कम्तिमा सकिन्न भन्ने जवाफ दियो । अब आफ्नो भए भरको श्रि सम्पति सबै रोक्का छ । पहिला आफ्नो नाममा राख्दा 'रिष्क' होला भण्ठानेर आफन्तको नाममा राखिदिए । अहिले पचाइदिए हौ सबै मेरो पनि । भन्दै खुईइ गर्दै त्यो बेला जग्गा सालिको नाममा राखिदिए, अहिले सबै बेचेर उनि साढुभाइ संगै बिदेश पो गईछिन । फोन सोन केहि गर्दिनन रे दिदिलाई । कसैले सुक्को पत्याउदैनन अचेल्, यहि नाथे मुडै बुनेर के सकिन्थ्यो र त्यत्रो पैसाको जोहो गर्न । कसरी पो निस्कने होला । म त भित्रै सकिन्छु जस्तो छ। भनेर 'भाबुक गुनासो' गर्छ ।
'अनि हसुर्न पनि अचम्मैले हसुरेको थियौ नि हाकिमसाप तपाइले उ बेला' राम्रै संग छेड हान्छ । खिस्स हास्दै 'के गर्नु र भाइ, उ बेला निर्णय गर्ने टाउकेहरुले खाए पछि हामि कागज मिलाउन खटिने कर्मिले पनि अलि अलि हात त चाट्नै पर्यो नि भनेर खाइयो तर पाप कुनै न कुनै दिन कराएरै छोड्यो ।' दुबै जना हास्छन। अनि हाकिम साप, हामिलाइ काम् लगाउने लाइ चाहि अझै सम्म पनि समातेको रहेनछ हैरु एकले अर्को लाइ प्रश्न सोध्छन। हुन त पच्छिल्लो चोटि आफु कानुन मन्त्रालय कै त्यस्तो निर्णायक ठाउमा बसेको मान्छे म । तिमिलाइ थाहै छ नि साथि, नेपालको कानुन दैबले जानुन् भन्ने कुरा ।' उत्तर दिन्छ। दुबै जना पिडा मिश्रित हासो हास्छन ।
'तपाइको त कम से कम सम्पति सकिए पनि स्वास्नि त बाकि छन हाकिम साब । आफ्नो त झन श्रीमती पनि पोइल नै पो गैसकिछिन ।' भए भरको सम्पति अदालतले रोक्का गरिसकेपछि समाजमा कैदिको जोइ भएर अपहेलित जिवन जिउनु भन्दा त बरु कसैले नचिन्ने ठाउमा अलग्गै घर जम गरेर जिवन बिताउने भन्ने ब्यहोराको चिठ्ठि छोडेर हिडिछे । उनि हिडेको ३ महिना पछि एक जना भेट्न आएका आफन्तले सुनाएका थिए । 'के गर्नु र, उ बेला हाडि घोप्ट्याएरै खान खोजियो, अहिले घरको द घाटको कैदि जिवन जिउनु परिरहेको छ ।' दुखेसो पोख्छ।
खोर बाहिर हुदा कोहि महान समाजसेवि कोहि दिग्गज बिद्वान्, कोहि प्रोफेसर थिए भने कोहि त झन् धेरै बढ्का साहित्यकार अनि राष्ट्रले माने पुजेका एक् कैदि कबि भाबुक कबिता लेख्दै हुन्छन जसको शिर्शक हुन्छ 'ललिते जिन्दगि' ।
अलि पर्तिरको शरणार्थि ब्लकमा दुइ असमान उमेरका कैदिहरु सर्प-भर्याङ वाला लुडो खेल्दा खेल्दै झगडा गर्दै थिए, एकले अर्कोलाइ 'तैले गर्दा त हो नि' भन्दै थिए भने अर्कोले पनि 'तै धेरै बाठो भएर त हो नि !' भन्दै कान पक्रेर लुछ्दै थिए ।
वरपर मुडा बुन्दै गरेकाहरु रमाइलो मान्दै झगडाको मज्जा लिदै हास्दै थिए। झगडा अलि ठुलै हुन लागेपछि जुङ्गे हल्दार आएर 'त...त..त.शरणार्थि टोपेका बाउछोरा सधै झगडा गर्ने' भन्दै छेपारिका मासु झर्ने गरि ४/४ भाटा चार्ज गर्दछ, अनि बल्ल मुर्मुरिदै पर गै बस्छ । सोहि शरणार्थि 'ब्लक' कै अर्को पट्टीको अलि उता नेल्शन मण्डेला उपाधि समेत पाइसकेका तर खोर भित्रको नाम चाहि 'नक्कले बुढा' नामक एक दार्हिवाल कैदि निबन्ध लेख्दै छन । निबन्धको शिर्शक हुन्छ 'भुटानको लामिडाडा देखि जगन्नाथ देवल सम्म ।'
-निर्मल घिमिरे
...