मास-बेश होस या क्याडेड-बेश होस् सबै राजनितिक दलहरुले आ-आफ्ना सङ्गठननमा जसरि संस्थानहरुमा जागिरेको तह बर्गिकरण गरिएको हुन्छ, सायद लगभग त्यो भन्दा बढ्ता श्रेणिमा कार्यकर्ताहरुको बर्गिय क्लाशिफिकेशन गरेका हुन्छन ।
तल्लो तहको झोला भिर्ने, कोट समाइदिने देखि राष्ट्रिय मिडिया हरुमा अन्तरवार्ता दिनेसम्म प्रोफाइल भएकाहरु हुन्छन । कोहि हुन्छन, एकाबिहानै देखि चिया पसलमा एक कप चिया त्यो पनि उधारोमा खाने, अनि कुलदेउता रुपि नेताहरुको जोडले गित गाउने ।
अर्का थरि हुन्छन, फेसबुक ट्विटर लगायतका सामाजिक संजालमा कुल देउताको गितको वचाउ, बिपरित दलका जो कोहि को पनि खोइरो खन्ने, लाइक, कमेण्ट, ट्याग अनि सेयर गर्ने खालका । अर्का थरि हुन्छन युट्युब तिर पुगि बेरोजगार युट्युब्बेलाई कुल देउताको गित गाउँदै बस्ने, अर्का थरि हुन्छन, मंचमा पुगि नेताको बाणि बचाउमा पुरै समय खर्चने ।
हाम्रा हनुहरु स्वदेशमा मात्र नभै बिदेशमा पनि प्रसस्तै हुन्छन। तर बिदेशमा फुर्सद कम हुने हुदा जहाँ फुर्सदिला मान्छेहरु बस्छन्, त्यहा यिनिहरुको सङ्ख्या बढि हुने गरेको पाइन्छ ।
उनिहरुको मुख्य दायित्व नै 'कुल देउताको' नाम जप्ने, उनिहरुको बाणिलाई अमृत तुल्य मानि ग्रहण गर्ने, सो को बचाउमा आफ्नो सम्पुर्ण सामर्थ्य लगाउने मात्र नभै बिरोधि कित्ता पट्टि सँधै धारेहात लगाउने जिम्मेवारि बक्स भएको हुन्छ । स्टेप स्टेपमा निर्माण गरिने उनिहरुलाई स्तर अनुसार कै जिम्मेवारि बोध गराइएको हुन्छ ।
सबै पेशा ब्यबसाय अनि क्लासमा आबद्द हुने सबका सबलाई कहि न कहि बाधेर राखिदिएका हुन्छन । त्यसरि दलका कुनै न कुनै भगिनि संघ संस्थामा बाँधिएको कारण उनिहरुले चाहेर पनि तोड्न सक्दैनन । उनिहरुको आफ्नै स्वबिचार हुन्न । उनिहरुको मनमा अरु को जे जस्तै बिचार र कुराहरुको स्विकार्यता कदापि हुन्न ।
यसो हुनुको मुल कारण दलहरुले यस्तो संरचना निर्माण गरिदिएका हुन्छन कि कसैलाइ युवा क्लबमा बाधिदिएका हुन्छन त कसैलाइ, गाउ, टोलमा हुने समुहहरुमा आबद्द गराइदिएका हुन्छन् । कसैलाइ खानेपानि ब्यबस्थापन समिति त कसैलाइ बाटो घाटो रेखदेख समिति, कसैलाइ टोल सुधार समिति त कसैलाइ आमा समुह, कसैलाइ बुहारि समुह त कसैलाइ जागिरेहरुको समुह भने कसैलाइ ब्यबसाय गर्नेहरुको समुह । कसैलाइ पढ्नेहरुको समुह त कसैलाइ पढाउनेहरुको समुह बनाइदिएका हुन्छन ।
त्यस्ता लम्पट कार्यकर्ताहरुले भाले मेवाको रुखलाइ नेताले सुपारिको भने उनिहरुको नजरमा पनि त्यो सुपारि नै हुन्छ, भने नेताजिले बेसारलाइ हरियो रङ्गको पिठो भनिदिए, त्यो पिठै हो भन्दै बचाउमा उत्रन्छन् । हैन हैन त्यो त बालुवा पो हो त भनेर नेताहरुले भने, त्यो बालुवा नै ठहरिदै सो को बचाउमा प्रस्तुत हुनु उनिहरुको सनातनि धर्मै मानिन्छ ।
प्राय ग्रामिण भेगमा एकाबिहानै चिया पसलमा स्वजातियहरुको भेटघाट हुन्छ, अनि अघिल्ला दिन कुल देउता देखि मद्यम कदका देउताहरुले मिडियामा के कस्तो प्रवचन दिए, सो को सवालमा तर्क बितर्क हुन्छ ।
प्राय ठूलाबढा नेताहरुले फलाकेका बाइट आज भोलि फेसबुकमा तुरन्तै आउने हुदा सो लाइ आफ्नै ढङ्गले सजि सजाउ क्याप्सन राखि भए भरका, चिनेजाने सम्मकाहरुलाइ ट्याग गरि सेयर गर्दछन । त्यो सेयर भएको पोस्टलाइ फेरि सेयर गरिदिने जिम्मेवरि हुन्छ ट्याग भएकाहरुको मात्र नभै उनिहरुका घर परिवार एबम आसेपासेहरुको समेत, भने त्यहि सेयर भएको पोस्ट अर्का आस्था राख्नेहरुलाई चित्त बुझाइ हुन्न, उसले त्यहा तुरन्तै नकारात्मक प्रतिक्रिया जनाइहाल्नु पर्ने नैतिक धर्म मानिन्छ ।
अर्का पट्टिकाले राम्रै कुरा गरेको भएता पनि त्यसलाइ तुरन्तै इलजिकल रियाक्शन गर्नुलाइ उनिहरुले आफ्नो मुल धर्म मानेका हुन्छन ।
हरेक राजनितिक दलहरुका कुल देउता सङ्ग त्यस्तो टिरिकर बोल्ने बाणिमा त्यस्तो प्रभाव पार्न सक्ने कौशल हुन्छ कि, अनुयायिहरुलाइ सहजै आकर्षित पार्न सक्छन । पार्टिको केन्द्रिय र तहगत संरचनामा पनि हनु सङ्कलन इन्चार्ज (सङ्गठन बिभाग प्रमुख) त्यस्तै सिप्, लालित्य बोलि, अनि वाकपटुता भएकालाइ छानेर बनाइएको हुन्छ । उनिहरुले आफ्नो भेजो मा अन्यमा भन्दा देश बिदेशको राजनिति र घटनाक्रमहरुको बारेमा सतहि जानकारि सङ्कलित गरेर थुपारेका हुन्छन।
कुल देउता र मातहतका अन्य सहायक देबगणबाट बोल्दा हरेक वाक्यमा कहि न कहि प्रयोग गर्ने गरिने माओको जनयुद्द देखि, लेनिनको क्रान्ति, स्टालिन उदय देखि मुसोलिनिको क्रान्ति, अक्टोबर क्रान्ति देखि लुइस चौधौको प्रसङ्ग नै किन नहोस्, माहात्मा गान्धि देखि जर्ज वाशिङ्टन्, नरेन्द्र मोदि देखि फिडेल क्यास्ट्रो सम्मै, जुल्फिकर अलि भुट्टोको हत्या देखि होस्नि मोबारकको पतन सम्मै, गद्दफि देखि सद्दाम सम्मै, जनताको बहुदलिय जनवाद्, बिपिको समाजबाद्, नौलो जनवाद्, समाजबाद्, पुजिबाद्, साम्राज्यबाद्, अधिनायकबाद्, लम्पसारबाद्, फासिबाद्, माओबाद्, समर्पणबाद्, यथास्थितिबाद्, प्रतिक्रियाबाद्, प्रचण्ड पथ्, बिपि पथ्, लेण्डुप पथ, मदन पथ देखि हिटलर पथ सम्मैको गित गाउने गर्दछन। प्रसङ्ग र समयानुकुल परिवेश् मिलोस नमिलोस बिदेशि मान्छेको प्रसङ्ग वा घटना वा पुस्तकको कुरा गर्न सकियो भने उ अन्य भन्दा उम्दा कौशलवान ठहरिन्छ। त्यहि मनसुवाले नै होला सायद उनिहरुले फलाक्ने हरेक वाक्य हरुमा कहि न कहि त्यस्ता टपरटुइया वाक्यहरुको प्रयोग भएको देख्न पाइन्छ ।
अनि सो आदर्शका बाद र तन्त्र सुन्नेहरुले चाहि थाह होस या नहोस, सो गितको प्रचार गर्ने र ब्याख्या समेत् गर्नै पर्ने स्तर अनुसार 'टप अप अप्रोच' मा तल्लो तहका हनुहरुको दायित्व भित्र पर्न आउछ ।
हनुहरुलाइ चैन मात्र होइन लज्जास्पद पनि हुने गर्दछ त्यसबेला जति बेला हिजो मात्र सत्तोसराप गरेका र गाउमा दलिय आस्था मै पानि बाराबार भएका भाइ-भाइहरु केन्द्रमा टाउकेहरु छिन भर मै मिलिदिन्छन । त्यो बेला सबै भन्दा अफ्ठ्यारो महसुस हुन्छ उनिहरुमा । एकै आमाका दुइ छोराहरु जो फरक-फरक दलका हनुहरु हुन भने टसिएकै घरको भतिजिको बिहेमा समेत सहभागि हुन्नन उनिहरु । जसले गर्दा आपसमा ठुलो तुस र चित्त दुखाइ रहनु स्वभाबिकै हो, तर त्यसरि पानि बाराबार हुने अवस्था सृजना गराइदिने मुल टाउकेहरु पल भर मै केन्द्रमा मिलेपनि गाउ घरमा मिल्न सकेको हुन्नन् ।
समाजमा एक आपसमा मिलेर बसेका गाउलेहरुलाइ बिभाजन गरिदिन आपसमा 'फुटाउ र राज गर' भन्ने केन्द्रिय नितिले गर्दा हो या खै कुन्नि किन हो, सोसाइटिमा त्यस्तो बिभाजनको बिउ रोपिदिएका हुन्छन कि सदियौ देखि मिलेर बसेको हाम्रो सामाजिक बसुधैब कुटुम्बकमको सोचाइ हराउदै गएको देखिदै छ । बढ्का नेता ले जे भन्छन्, त्यो अमृतबाणि समान ठान्दछन। कुल देउता र मातहतका स्तर अनुसारका देउताहरुको जसले जत्ति बढि भजन गाउन सक्यो, त्यो सबैभन्दा खाट्टि, सबैभन्दा प्रिय हनु कहलिने होडबाजि र रस्साकस्सिले गर्दा जिन्दगि चिन्दै नचिनेका र टिभिमा बाहेक एकचोटि पनि डाइरेक्ट भेट समेत नभएका नेताहरुलाइ बधाइ एबम शुभकामना दिन र अर्कापट्टिका भए खुइल्याइ हाल्न यत्ति हतारो हुन्छ कि, त्यो ढिला भयो भने उनिहरुले प्रतिस्पर्धा नै हार्ने हुन्छ भन्ने मथिङ्गलमा सोच अङ्कुरित भएको हुन्छ ।
राजधानि तिर पुग्दा हप्तौ हप्ता लगाएर त्यो पनि स्टेप स्टेपका हनु च्यानलको सोर्स फोर्सबाट बढो बढो मुश्किल ले पि.ए. सङ्ग ५ मिनेटको समय पाइ भेट भएको नेता सङ्ग एक क्लिक फोटो खिच्न भ्याइसकेका र हुन्छन अनि मिटिङ हल बाट केवल पाचै मिनेटमा बाहिरिएको हनुको पहिलो काम हुन्छ 'समसामायिक बिशय बस्तुमा पार्टिप्रमुख सङ्ग भएको शिस्टाचार भेट' भन्ने क्याप्सन सहित फेसबुकमा पोस्ट उहि स्टाइलमा भए भरका सबै हनुलाइ ट्याग गरि।
'परदेशी जिवन अनि चाडवाडको नियास्रो'
त्यो पाच मिनेटको भेट पाउने जिल्ला तहका हनु गाउ फर्कना साथ त्यो सातै भरि उ गदर फिल्मको सनि देवल झै रानो माहुरि जत्तिकै गजक्क गम्केर ठालु भै टोपल्छ। मैले 'पार्टि प्रमुख सङ्ग मिलाएको हात यहि हो ल सुघ त' भन्न मात्र बाकि राखेर अरु सबै बढप्पन देखाउन पछि पर्दैन। नेताजिले मलाइ यस्तो भन्नु भो र उस्तो भन्नु भो भन्ने फाइ फुट्टि लगाएरै बित्छ उसको दिन। प्राय जिल्ला तहका हनुहरु सङ्ग केन्द्रिय तहका हनुहरुको जन्ममिति, बिबाह मिति जस्ता महत्वपुर्ण तिथि मिति डायरि टिपोट नै हुन्छ। सो बिशेश दिनमा नजरमा पर्न र आफु सच्चा भक्त कहलिन सम्योगबस कुनै बेला भेटिदा सङ्गै खिचेको तस्बिर अत्यन्तै चिल्ला राम्रा क्याप्शन दिई पोस्ट गरिहाल्छन भए भरकालाइ ट्याग गरेर । अनि सो पोस्ट सेयर गर्ने काम हुन्छ उ भन्दा तल्लो तहको हनुहरुको ।
सर्वहारा दुखि पिडित हरुका नाम मा राजनिति गर्ने दलका बढ्का नेताजि हरु दरवार भन्दा ठुला हवेलिमा बस्ने, छोराछोरि बिदेशका महङ्गा कलेजमा पढ्ने, करोडौको मोटरमा सवारि गर्ने, करोडौको सेयर धनि, बिहान र्याडिशन होटलमा गै सावना बाथ र जिम गरेर चौरासि ब्यञन परिकार खाइ दिउसो खुल्लामन्चको सभा अघिल्तिर पुगि गरिब्, किशान्, मजदुर्, दलित आधिबासि, थारु, मधेशि, अल्पसङ्ख्यक मुस्लिम्, एबम हुदा खाने बर्गको मुक्तिको खातिर आफु हमेशा लढ्दै आइरहेको र यो पुजिवादि अर्ध सामन्तबादको जरालाइ निमिट्यान्न पार्न नसके सम्म, देशि बिदेशि प्रयिक्रान्तिकारि अनि यथास्थितिबादिले टाउको ऊठाउन सक्ने चिन्ता आफुलाइ भएको र सो का निराकरणको निमित्त फेरि सबै तह र तप्काका प्रगतिशिल एबम परिवर्तन चाहने बामपन्थि शक्तिहरु फेरि एकजुट भै निर्णायक लडाइ लढ्नै पर्ने अपरिहार्य आवास्यकता आफुले महसुस गरिसकेको । यदि त्यसो गर्न सकिएन भने हिजोका सामन्तिका अवशेशहरुबाट लोकतन्त्र खतरामा पर्न सक्ने खतरा बढिरहेको सुचना आफुले पाएको इमोशनल्लि बक्तब्य सबै ठाउमा उहि खाले रेडिमेट कम्फुसे भाषण ठोक्दिन्छन। दर्शन दिर्घामा उपस्थित 'हनु' हरुले त्यहा पनि परर्र तालि बजाउछन।
यिनिहरु (हनु) को सवालमा मैले एकजना मनोबिद सङ्ग कुरा गर्दा 'खाट्टि' हनु भनेको एक प्रकारको मनोरोग हो, जो यत्ति अप्टोमेस्टिक हुन्छ कि, उसले आफुलाइ जतिसक्दो ठुलो र सच्चा भक्त प्रमाणीत गराइ अरुबाट पक्कै केहि बरदान प्राप्त हुन्छ भन्ने फिलिङले काम गरेको हुन्छ।
...
निर्मल घिमिरे (जापान)