टोकियो, जापान ।
जापानमा अध्ययनरत एक नेपाली विद्यार्थीको असामयिक निधन भएको छ । प्रहरीले बताएको प्रारम्भिक जानकारी, घटनाको प्रकृति तथा मृतक र आरोपित व्यक्तिहरुको सम्बन्धका आधारमा मृतक सुजन बर्सिलाको हत्या आशंकामा नियन्त्रणमा लिएको छ ।
जापानसमाचारलाई प्राप्त जानकारी अनुसार मृत्यु हुनेमा गोरखाका सुजन बर्सिला हुन् ।
घटना गत शुक्रबार जनवरी ७ तारिख राती भएको हो । अन्दाजी २२ बर्षिय जापानी भाषा विद्यार्थीको रुपमा अध्ययनरत बर्सिलालाई उनका दुई साथिहरुले हत्या गरेको आशंका गरिएको छ ।
मृतक बर्सिला विद्यार्थी भिषामा अध्ययनका लागि तिन बर्ष अधि जापानको फुकुओकामा आएका थिए ।
मृतक सुजन बर्सिलाको शव हाल पोष्टमार्टमका लागि प्रहरीको नियन्त्रणमा रहेको छ । प्रहरीले मृत्यू शंकास्पद रहेको बताएपनि स्पष्ट कारण पोष्टमार्टम रिपोर्टपछि थाहा हुने बताएको छ ।
घटनाको बारेमा नेपालमा रहेको परिवारलाई जानकारी गराईसकिएको बताईएको छ ।