(Japan) 3 rd July | 2022 | Sunday | 6:03:19 AM || (Nepal) 2:48:19 AM
 
 

जापान आउने यात्रुहरुले जुन बाट यि अवस्थामा एयरपोर्टमा कोभिड परिक्षण गर्नुनपर्ने

  POSTED ON : Thursday, 12 May, 2022 | Views : 5248

जापान आउने यात्रुहरुले जुन बाट यि अवस्थामा एयरपोर्टमा कोभिड परिक्षण गर्नुनपर्ने


टोकियो, जापान ।

जापान सरकारले केही यात्रुहरूलाई कोभिड-१९ परीक्षणबाट छुट दिने तयारीगरिरहेको छ । जुन महिनाबाट प्रवेश गर्ने यात्रुहरुको लागि यो नियम सुरु हुने भएको छ ।

विचाराधीन योजनाहरूले कोरोना भाइरस खोपको तेस्रो डोज प्राप्त गरेका वा प्रि-डिपार्चर परीक्षणमा नेगेटिभ आएकाहरूलाई छुट दिने कुरा समावेश गरेको छ । कोभिड संक्रमणका प्रकार उत्पत्ति भएको देशमा संक्रमण दरलाई पनि ध्यानमा राखिनेछ । हाल, जापानमा आउने सबै यात्रुहरूले बिमानस्थलमा कोभिड परीक्षणहरू गर्नुपर्छ ।

 "जून देखि सीमानामा अपनाइएका उपायहरूको लागि, हामी हाम्रा परीक्षण नियमहरू र क्वारिन्टिन अनुरोधहरूको पुन: मूल्याङ्कन गर्दैछौं" मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले बुधबार एक पत्रकार सम्मेलनमा भने  "हामी स्वदेश र विदेशको अवस्था र अन्य देशहरूले चालेका नियन्त्रणका उपायहरूका आधारमा उपयुक्त निर्णय गर्नेछौं ।”

आइतवार सकिएको गोल्डेन वीक बिदापछि सरकारले जापानको संक्रमण प्रवृत्तिका आधारमा अन्तिम निर्णय गर्ने छ।

जापानले हालको प्रतिदिन १०,००० बाट २०,००० सम्म जापान प्रबेश गर्ने यात्रुहरुको सीमा बढाउँदैछ । तोकिएका यात्रुहरूको परीक्षणमा छुट दिएर सरकारले विमानस्थलहरूलाई परीक्षण क्षमताभन्दा बढी यात्रुहरूको भार पर्न नदिन उपाय खिजिरहेको छ।

Source : Nikkei Asia