टोकियो, जापान ।
इ–पासपोर्ट सुरु भएसंगै अबदेखि जापानबाट मेशिन रिडेबल पासपोर्ट (एमआरपी) आवेदन लिन बन्द गरिएको छ ।
नेपाली राजदूतावासले एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएको हो । दूतावासमा अझै पनि एमआरपीका लागि आवेदनहरु आएको भन्दै अवदेखि नपठाउन दूतावासले आग्रह समेत गरेको छ ।
स्मरण रहोस्, इ–पासपोर्ट आवेदनको प्रि इनरोलमेन्ट अनलाइनमार्फतनै गर्न सकिएपनि लाइभ इनरोलमेन्टका लागि टोकियोस्थित दूतावासमै पुग्नुपर्ने हुन्छ ।
५ बर्ष वा सोभन्दा मुनीका बच्चाको हकमा भने अभिभावकले लिएर जान वा पोष्ट गरेर पठाउन पनि सकिने ब्यवस्था रहेको छ ।