(Japan) 29 th March | 2024 | Friday | 2:42:55 PM || (Nepal) 11:27:55 AM
 
 


जापानमा विद्यार्थीहरुले कोरोना खोप लगाउने बारे महत्वपूर्ण जानकारी

  POSTED ON : Monday, 21 June, 2021 | Views : 3426

जापानमा विद्यार्थीहरुले कोरोना खोप लगाउने बारे महत्वपूर्ण जानकारी


टोकियो, जापान ।

लामो समयदेखिको पर्खाइ कोभिड–१९ विरोधी खोप कार्यक्रम अन्ततः जापानमा बिद्यार्थी लक्षित गरेर शुरु भएको छ । बिद्यार्थी मात्र होइन ठुला कम्पनिहरुले आफ्ना कर्मचारी लक्षित  खोप कार्यक्रम सुरु गरेका छन ।

अल निप्पोन एयरवेज र जापान एयरलाइन्स आफ्ना कर्मचारीहरुलाई खोप लगाउने पहिलो कम्पनी बनेका छन् । देशका अधिकांश शहरहरुमा १६ देखि ६४ वर्षबीचका बासिन्दाहरुलाई खोप लगाउन शुरु भइसकेको छ ।

यो भाषा विद्यार्थीका लागि पनि खुसीको खबर हो । यो जानकारीमा हामीहरुले जापानमा विद्यार्थीहरुको लागि आवश्यक खोपसम्बन्धी जानकारी र खोप लगाउने बेलामा चाल्नु पर्ने कदमबारे बिस्तृत जानकारी समेट्ने प्रयास गरेका छौं ।

यी जानकारीहरु जुन २० तारिखसम्म उपलब्ध ताजा जानकारी हुन । तर यसपछिपनि यसमा हेरफेर हुनु सक्ने कुरा चाँहि याद गर्नुहोला । हामीहरुलाई तपाईलाई सकेसम्म पछिल्लो जानकारी दिने कोशिश गर्नेछौं । तर पनि स्वास्थ्य मन्त्रालयको वेबसाइटका साथसाथै स्थानीय वडा कार्यालयको जानकारी पनि दोहोर्याएर हेर्नु होला ।


जापानमा कोभिडको वर्तमान अवस्था

मध्य जुनसम्ममा स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकका लागि मात्रै खोप उपलब्ध हुनेछ । १६ देखि ६४ वर्षबीचका मानिसहरुका लागि खोप शुरु हुँदैछ । विदेशी बासिन्दासमेत सबैका लागि खोप निःशुल्क छ । तर विदेशी बासिन्दाहरुले स्थानीय नगरपालिकामा आफूलाई दर्ता गराएको चाँहि हुनु पर्नेछ ।

स्थानीय नगरपालिका बाहेक केही ठूला कम्पनीहरुले पनि जुनदेखि आफ्ना कर्मचारीहरुलाई खोप लगाउन थालेका छन् । हजार भन्दा धेरै कम्पनी र विश्वविद्यालयहरुले पनि जापान सरकारले अफर गरेको ओप कार्यक्रमका लागि आवेदन दिएका छन् । यी कम्पनीहरुले दिने खोपमा करीब ५० लाख मानिसलाई समेटिनेछ । यो लेख लेख्ने बेलासम्म फाइजरको खोप मात्रै प्रयोग भइरहेको थियो ।


आफ्नो कोभिड खोप कसरी लगाउने

जापानमा कोरोना भाइरस विरोधी खोप कार्यक्रम तीव्र गतिमा अगाडि बढिरहेको छ । तर खोप लगाउन सबैले आ–आफ्नो पालो कुर्नु पर्छ ।स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र दीर्घ रोग भएकाहरुलाई प्राथमिकतामा राखेर खोप लगाइरहेको छ । त्यसपछि मात्रै अन्य उमेर समूहलाई खोप लगाइनेछ । पालो आएपछि तपाईले नगरपालिकाबाट खोपको कूपन पाउनु हुनेछ । कूपन पाएपछि खोपका लागि बूकिङ गर्न सकिनेछ ।

यसका लागि शुरुमा आफ्नो नजिक रहेको कुनै स्वास्थ्य संस्था वा खोप स्थल खोज्नुहोस् । सरकारले सञ्चालन गरिरहेको खोप केन्द्रका साथै मेडिकल क्लिनिक र अस्पतालहरु पनि छन् । खोप स्थानीय शहर वा आफूलाई दर्ता गराइएको क्षेत्रमा रहेको स्वास्थ्य संस्थाले लगाउनु पर्छ । केही शहरहरुमा भने केन्द्र सरकारद्वारा सञ्चालित बृहत खोप केन्द्र पनि छन् ।

आफू नजिक यसका लागि ठाउँ भेटिएन भने तपाईले स्थानीय वडा वा नगर कार्यालयमा खोप लगाउन सम्पर्क गर्नु पर्छ । अब आफ्नो बूकिङ गर्नुहोस् । तपाईले फोन गरेर क्लिनिक वा अस्पतालमा सिधैं बुकिङ गर्न सक्नु हुन्छ । सरकारद्वारा सञ्चालित खोप केन्द्र हो भने अनलाइनबाटै पनि बूकिङ गर्न सकिन्छ । हरेक वडा र शहरमा खोप योजना फरक फरक हुन सक्छन् । त्यसैले आफ्नो मनमा कुनै प्रश्न वा द्विविधा छन् भने स्थानीय नगरपालिकालाई सोध्नुहोस् ।


खोप लगाउनु पूर्वको स्क्रिनिङ प्रश्नावली

तपाईले खोप लगाउनु अघि एउटा प्रश्नावली भर्नु पर्नेछ । सो फारमलाई विविध फारममा अनुवाद गरिनेछ । तर तपाईले यही अनुवादका आधारमा जापानीमा फारम भर्नु पर्छ । विविध अनुवाद र जापानी फारम यहाँ पाउन सक्नु हुन्छ ।


खोप लगाउन जानु अघिको सावधानी

आफूले रोजेको स्थनतर्फ खोप लगाउनका लागि जाँदा तपाईलाई ज्वरो आएको वा बिरामी परेको हुनु हुँदैन । खोपमा प्रयोग गरिएका सामाग्रीहरुप्रति तपाई हाइपरसेन्सेटिभ हुनु हुन्छ भने पनि खोप लगाउनु हुँदैन । तपाईको अवस्था खोप लगाउन अनुपयुक्त छ भने पनि खोप नलगाउनु होला । यसको जिम्मा आफैं लिनुहोस् अनि आफू केही कुरामा अनिश्चित हुनु हुन्छ भने स्वास्थ्य पेशाकर्मीसँग परामर्श गर्नुहोला ।

खोप लगाउन जाँदा पाखुरामा सहज पहुँच हुने लुगा लगाउनुहोला । खोपबाट सुरक्षित हुन निश्चित अन्तरालमा दुई मात्रा लगाउनु पर्दछ । पहिलो मात्रा लगाएपछि दोस्रो मात्रा कहिले लगाउने हो चेक गर्न भुल्नु हुँदैन । थप जानकारीका लागि यो लिंकमा दिइएका डकुमेन्ट पढ्न सक्नु हुन्छ ।

सम्बन्धित सामग्री: