(Japan) 29 th March | 2024 | Friday | 5:20:02 PM || (Nepal) 2:05:02 PM
 
 


जापानका रेष्टुरेण्टमा प्रवेश, अर्डर देखी बिदा हुँदा ध्यान दिनुपर्ने कुरा

  POSTED ON : Friday, 26 March, 2021 | Views : 3388

जापानका रेष्टुरेण्टमा प्रवेश, अर्डर देखी बिदा हुँदा ध्यान दिनुपर्ने कुरा


टोकियो, जापान ।

जापानमा विविध प्रकारका रेष्टुराँ छन् । यहाँका हरेक रेष्टुराँ अर्को भन्दा फरक हुन्छन् । तर रेष्टुराँ जस्तो भएपनि त्यहाँ भित्र रहँदा अपनाउनु पर्ने व्यवहार र देखाउनु पर्ने शिष्टाचार भने उस्तै उस्तै हुन्छ । यसले तपाईलाई रेष्टुराँमा खाना खाँदाको अनुभव थप रमाइलो बनाउन मद्दत समेत मिल्नेछ ।

रेष्टुराँभित्र पस्दा

जापानमा कयौं रेष्टुराँहरुले प्रवेशद्वार नजिकको झ्यालमा खानेकुराहरुको प्लाष्टिक वा वाक्सबाट बनाइएका प्रतिरुप राखिएको हुन्छ । यी प्रतिरुपहरुले ग्राहकहरुलाई आकर्षित गर्ने र रेष्टुराँमा उपलब्ध मेनुहरुबारे जानकारी दिने दुबै काम गर्दछ । यसले रेष्टुराँ भित्र रहेको खानेकुराको शैली र मूल्यको बारेमा सटिक, दृश्य जानकारी दिन्छन् । यी डिस्प्लेहरु विशेषगरी जापानी भाषा बोल्न नसक्ने विदेशीहरुका लागि उपयोगी हुन्छन् । सञ्चारका अन्य सबै खालका माध्यम असफल भयो भने पनि तपाईले बाहिर गएर आफूले के अर्डर गर्न खोजेको हो सोमा देखाउन त सक्नु हुन्छ नि ।

रेष्टुराँमा छिर्ने बित्तिकै ग्राहकहरुलाई अभिवादन गरिन्छ । वेराहरुले साथमा कति जना आउनु भएको छ भनेर सोध्छन् अनि तपाईलाई टेबलसम्म पुर्याइदिन्छन् । ग्राहक आफैंले टेबल खोजेर बस्नु पर्ने अवस्था विरलै मात्र हुन्छ ।

जापानमा धेरैजसो रेष्टुराँमा पश्चिमा शैलीको टेबल र कुर्सी भएपनि प्रायः सबैमा भुँइमा बस्न कुसनसहितको परम्परागत खालका होचा टेबल ९जासेकी० हुन्छन् । केही रेष्टुराँमा दुबै राखिएको हुन्छ । अनि तपाईलाई कुन बस्न चाहनु हुन्छ भनेर सोधिनेछ । जासेकी शैलीको बस्ने ठाउँमा भने रेष्टुराँ पस्नु अघि वा टेबल भएको ठाउँमा जानु अघि जुत्ता फुकाल्नु पर्दछ ।

सन् २०२० को अप्रिलसम्म धुम्रपान विरोधी कानूनले रेष्टुराँमा धुम्रपान गर्नमा प्रतिबन्ध लगाएको छ । यद्यपि, केही साना रेष्टुराँले भने धुम्रपान गर्न पाइन्छ भन्ने बोर्ड प्रवेशद्वारमै राखेर पनि धुम्रपान गर्न दिएको पाइएको छ ।


अर्डर

तपाई बसिसकेपछि हरेक डिनर पैसा तिर्नु नपर्ने पानीको गिलास वा चियाको साथमा ल्याइन्छ । पानीको गिलास दिइएन भने पनि प्रायः रेष्टुराँको कुनै कुनामा सेल्फ सर्भिस उपलब्ध हुन्छ । खानु अघि हात पुछ्न सबैलाई भिजेको तोलिया 'ओशिबोरी' दिइन्छ । चपस्टिक ठिक्क पारिएको छैन भने पनि टेबलमै कतै बक्समा राखिएको पाउनु हुनेछ । प्रायःजसो चाँहि एक पटक प्रयोग गरेपछि फ्याकिने काठका चपस्टिक राखिएका हुन्छन् ।

धेरैजसो रेष्टुराँहरुले चित्र देखाइएको मेनु भएपनि केहीमा भने जापानी अक्षरमा मात्रै लेखिएको मेनु हुन्छन् । अनि कतै भने रेष्टुराँमा उपलब्ध परिकारहरुको चित्र भित्तामा टाँसिएको हुन्छ । मेनुमा पढ्न नसकेर के अर्डर गर्ने भनेर अलमलमा पर्नुभयो भने तपाईले ओसुसुमे वा ओमाकासेका लागि अनुरोध पनि गर्न सक्नु हुन्छ । ओामाकासेका तपाईलाई अचम्भित पार्ने गरी राम्रो हुन्छ । तर यो सस्तो हुन्छ भन्ने अपेक्षा भने नगर्नुहोला ।

तपाई अर्डर दिन तयार हुनु भयो भने रेष्टुराँका कर्मचारीहरुलाई ‘सुमिमासेन’ भनेर संकेत दिनसक्नु हुन्छ । होइन भने टेबलमै रहेको कल बटन पनि थिच्न सक्नु हुन्छ । अर्डर पूरा भइसकेपछि वेटरले पूष्टि गर्न एक पटक पुनःअर्डर दोहोर्याएर सुनाउनेछन् ।

इजाकाया लगायत केही रेष्टुारँमा भने समूहमा आएका सबैले मिलेर परिकार अर्डर गर्छन् अनि मिलेर खान्छन् । अन्त भने सबैले छुट्टाछुट्टै खानेकुराको अर्डर दिन्छन् ।


भुक्तानी

बिल तपाईको टेबलमा खानेकुरा आउँदा वा खानेकुरा खाइसकेपछि आउँछ । धेरैजसो रेष्टुराँमा तपाईले बिल बाहिरिँदा खेरी क्याशिएर भएको ठाउँमा साथमा लिएर जानु पर्छ । बिल खाना खाउकै टेबलमा तिरिदैंन । धेरैजसो ठाउँमा नगद नै भुक्तानी गरिन्छ । केहीले भने क्रेडिट कार्ड वा सुइका लगायत आईसी कार्ड पनि लिन थालेका छन् । सस्तो खालका रेष्टुराँमा भने खाना अर्डर गर्ने र पैसा तिर्ने प्रणाली फरक हुन्छ । जस्तैः धेरैजसो रामेन र ग्युडोन रेष्टुराँमा प्रवेशद्वार नजिक राखिएको भेन्डिङ मेशिनबाट मिल टिकट किन्नु पर्छ अनि खाना तयार बनाउने र पस्कने कर्मचारीलाई सो टिक दिनु पर्छ ।

जापानमा टिप दिनु अनिवार्य छैन । तपाईले दिनु भएको छ भनेपनि पैसा फिर्ता दिन रेष्टुराँका कर्मचारीहरु तपाईको पछि आउनेछन् । बरु बाहिरिँदा खेरि गोचीसोसामा देशिता ९खानाको लागि धन्यवाद० भनेर भन्नु उचित हुन्छ ।

सम्बन्धित सामग्री: