(Japan) 18 th April | 2024 | Thursday | 9:44:50 AM || (Nepal) 6:29:50 AM
 
 


आफ्नो जाइर्यु कार्ड सक्कली वा नक्कली यसरी थाहा पाउनुस्

  POSTED ON : Saturday, 23 January, 2021 | Views : 3844

आफ्नो जाइर्यु कार्ड सक्कली वा नक्कली यसरी थाहा पाउनुस्


टोकियो, जापान ।

जापानमा वस्नकै लागि अवैध रुपमा नक्कली आवासीय अनुमति अनुमति पत्र बनाउने र बोकेर हिँड्ने गिरोहहरु फेला पर्नेक्रम बढ्दो छ ।


यतिसम्म कि आजकल त फेसबुकमा विज्ञापन समेत गरेर जाइर्यु कार्ड, लाइसेन्स, जेएलपिटी पास भएका प्रमाणपत्रहरु लगायत बिक्री गर्नेगरेको समेत भेटिन्छ ।

यसरी नक्कली आवासीय कार्डको बढ्दो किनबेचलाई निरुत्साहित गर्न र कार्ड प्रयोग गरि गरिने स्थानहरुमा सो कार्ड सक्कली हो कि नक्कली भनि छुट्याउन सहज होस् भन्ने हेतुले जापानको इमिग्रेशन सर्भिस एजेन्सीले रेसिडेन्स कार्ड रिडर एप हालसालै सार्बजनिक गरेको छ ।

हुन त जाइर्यु कार्डको बैधानिकता जाँच गर्न मिल्नेगरि पहिले देखिनै अनलाइन लिंक उपलब्ध थियो तर अहिले सो कार्यलाई निकै सहज बनाइएको छ ।

जाइर्यु कार्डमा भएको युनिक नम्बर प्रविष्ट गरेपछि मोबाइलमा रहेको एनएफसी रिडरमार्फत कार्डलाई स्क्यान गरि कार्ड आधिकारिक भए नभएको हेर्न सकिन्छ ।

हुन त यो एप्लिकेशन विन्डोज ८ प्वाइन्ट १ र म्याकओएस १० प्वाइन्ट १४ वा सोभन्दा माथिका कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ तर धेरै जनाको सहजताका लागि यहाँ आइफोनमा प्रयोग गर्ने तरिका दिइएको छ । यो एप प्रयोग गर्नका लागि तपाईको आइफोन वा एण्ड्रोइड फोनमा एनफसी रिडर हुनुपर्छ (आइफोन ७ वा त्यसपछिका फोनहरुमा एनएफसी छ) । एण्ड्रोइडको भर्सन ७ प्वाइन्ट जेरो वा सोभन्दा माथि तथा आइओएसको भर्सन १३ दशमलब २ वा त्यसपछिका भर्सनहरुमा यो एप सपोर्ट गर्छ ।

कसरी प्रयोग गर्ने त यो एप ?


१. सर्बप्रथम एप स्टोर वा प्ले स्टोरमा गई लेखि 在留カード等読取アプリケーション खोज्नुहोस् ।

(आइफोनका लागि यहाँ र एण्ड्रोइडका लागि यहाँ क्लिक गर्न पनि सक्नुहुन्छ)


२. STEP 1 मा तपाईको जाइर्योउ कार्डको नम्बर लेख्नुहोस् ।


३. जाइर्योउ कार्डको नम्बर लेखिसके पछि Move Forward मा क्लिक गर्नुहोस् ।


४ . STEP 2 मा तपाईहरुले आफ्नो आइफ़ोनको NFC TAG READER मार्फत आफ्नो जाइर्योउ कार्ड स्क्यान गर्नुपर्दछ ।


तपाईको जाइर्योउ कार्डलाई तल फोटोमा देखाई जसरी आइफ़ोनको NFC Reading position लाई जाइर्योउ कार्डसँग राख्नु पर्दछ ।अनि Start Reading Card क्लिक गर्नुपर्दछ ।


तपाईको स्क्यान गर्न सुरु गर्दा तल फोटोमा देखाएको जस्तै स्क्रिन आउदछ ।


यदि तपाइको आइफ़ोनको NFC Reading position लाई जाइर्योउ कार्डसँग राख्ने मिलेन भने तल फोटोमा देखाई झैँ Error आउद छ ।


यदि तपाइको आइफ़ोनको NFC Reading position लाई जाइर्योउ कार्डसँग राख्न मिलेको छ भने तल फोटोमा देखाई जस्तै देखाइन्छ ।


अन्त्यमा यदी तपाइको जाइर्योउ कार्ड सक्कली हो भने तल फोटोमा देखाई झैँ हरियोमा 正常な在留カードを読み取りました ( Read a fully functioning residence card ) भनेर देखाउदछ ।


चेक गर्नुभयो त ? जानकारी उपयोगी लागेमा आफ्ना साथीभाइहरुमाझ पनि सेयर गरेर सचेत गराउन सक्नुहुन्छ ।

सम्बन्धित सामग्री: