(Japan) 30 th November | 2022 | Wednesday | 12:13:11 PM || (Nepal) 8:58:11 AM
 
 

जापानमा पर्यटकको रुपमा आउन यि देश तथा क्षेत्रबाट भिसा नचाहिने

  POSTED ON : Tuesday, 27 September, 2022 | Views : 6168

जापानमा पर्यटकको रुपमा आउन यि देश तथा क्षेत्रबाट भिसा नचाहिने


टोकियो, जापान ।

अक्टोबर ११ को पर्खाईमा को को हुनु हुन्छ ? गत हप्ताको महत्वपूर्ण घोषणापछि अक्टोबर ११ देखि ६८ देश तथा क्षेत्रका स्वतन्त्र यात्रीहरु बिना भिसा जापान भ्रमणमा आउन सक्ने भएका छन् । भिसा छूटको सूचमा कुन कुन देश तथा क्षेत्र होला भनेर तपाई सोचिरहनु भएको छ ? 

जापानको विदेश मामिला मन्त्रालयले सार्वजनिक गरेको समिा नियमको अपडेटमा छोटो अवधि (९० दिनसम्म)का लागि जापान आउन चाहने ६८ देश तथा क्षेत्र विदेशी नागरिकहरुले भिसाका लागि आवेदन दिनु पर्नेछैन । पयर्टकहरुले ट्राभल एजेन्सीमार्फत नआइकन पनि स्वतन्त्र भएर जापान घुमफिरका लागि पनि आउन सक्ने भएका छन् ।

अक्टोबर ११ देखि जापान आउँदा भिसाका लागि आवेदन दिनु नपर्ने देश तथा क्षेत्र यस प्रकार छन् । बसाई अवधि अनुसार अतिरिक्त शर्तहरु भने फरक हुन सक्छन् । यसबारे थप विवरण तपाईले यहाँ हेर्न सक्नु हुनेछ ।


एशिया

ब्रुनई

इन्डोनेशिया

मलेशिया

दक्षिण कोरिया

सिंगापुर

थाइल्यान्ड

हङकङ

मकाउ

ताइवान 


उत्तर अमेरिका

क्यानडा अमेरिका 


ल्याटिन अमेरिका र क्यारिबियन

अर्जेन्टिना

बहमास

बार्बाडोस

कोष्टा रिका

डोमिनिकन गणतन्त्र

एल साल्भाडोर

ग्वेटेमाला

होन्डुरस

मेक्सिको

सुरिनाम

उरुग्वे

ओसनिया

अष्ट्रेलिया

न्यूजिल्यान्ड


मध्य पूर्व

इजरायल

टर्की

संयुक्त अरब इमिरेट्रस 


अफ्रिका

लेसोथो

मौरिसस

टयूनिसिया


यूरोप

अन्डोर्रा

अष्ट्रिया

बेल्जियम

बुल्गेरिया

क्रोयशिया

साइप्रस

चक गणतन्त्र

डेनमाक

इष्टोनिया

फिनल्यान्ड

उत्तर म्यासेडोनिया

फ्रान्स

जर्मनी

ग्रिस

हंगेरी

आइसल्यान्ड

आयरल्यान्ड

इटली

लाट्भिया

लिकटन्सटाइन

लिथुनिया

लक्जेम्बर्ग

माल्टा

मोनाको

नेदरल्यान्ड्स

नर्वे

पोल्यान्ड

पोर्चुगल

रोमानिया

सान मारिनो

सर्बिया

स्लोभाकिया

स्लोभेनिया

स्पेन

स्वीडेन

स्वीट्जरल्यान्ड

बेलायत


चीन, रुस, जर्जियासमेतका सीआईएस देशहरु, फिलिपिन्स र भियतनामबाट आउने पयर्टकहरुले भने जापान आउनु अघि भिसाका लागि आवेदन दिनै पर्छ ।