टोकियो, जापान ।
जापानको अध्यागमन विभागले विभिन्न समयमा जारी गरेको सिओईको म्याद थप गरेको छ । अध्यागमनका अनुसार सन् २०२० को जनवरीयता जारी भएका सीओईको म्याद थपिएको हो ।
सन् २०२० को जनवरी १ देखि सन् २०२२ को अप्रिल ३० सम्म जारी गरिएका सीओईको म्याद अक्टोबर ३० सम्म बैध हुने भएको छ । अर्थात् यो अवधिमा जारि गरिएका सबै सिओई बाहकले अक्टोबर ३० सम्म भिषा आवेदनका लागि प्रयोग गर्न सक्नेछन् । यसमा तपाईंको सिओईमा २०२० को जनवरी १ देखि सन् २०२२ को अप्रिल ३० सम्मको जुनसुकै म्याद उल्लेख गरिएको भएपनि फरक पर्दैन ।
सन् २०२२ को मे १ देखि जुलाई ३१ सम्म जारी भएका सीओईको म्याद ६ महीना रहने भएको छ । यि सिओईहरुमा तीन महिना म्याद उल्लेख गरेको भएपनि ६ महिना हुने भनेकाले मे १ देखि जुलाई ३१ सम्मको बिचमा जारी भएका सिओई बाहकले आफ्नो जारी मिति देखि ६ महिना भित्रमा भिषा आवेदन गरिसक्नुपर्नेछ ।
विभागले बुधबार एउटा सूचना जारी गरेर यस्तो बताएको हो । सन् २०२२ को अगष्ट१ देखिजारी हुने सीओईको म्याद भने ३ महीना मात्रै कामय गरिने बताइएको छ । कोरोना भाइरसको महमारी शुरु हुनु अघि सीओईको म्याद तीन महिना मात्रै हुने गर्दथ्यो ।
महामारीको समयमा सीओईको म्याद बढाइएको थियो । पछिल्लो समय कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएको छ । जापानले सीमामा गरेको कडाई चरणबद्ध रुपमा खुकुलो पारिरहेकोे छ ।
जापान आउने विदेशीको संख्या पनि बढ्दो क्रममा छ । यस्तोमा अध्यागमन विभाग पुरानै नीतिमा फर्किएको हो । कारण विशेषले गर्दा म्याद सकिएकाहरुले भने सन् २०२३ को जनवरी १ सम्म प्रतिलिपिका लागि आवेदन दिन पाउने बताइएको छ ।