(Japan) 3 rd July | 2022 | Sunday | 5:15:16 AM || (Nepal) 2:00:16 AM
 
 

जापान कोभिड न्यून रहेको देशबाट आउनेलाई क्वारिन्टिन हटाउँदै, नेपालले पनि छुट पाउने सम्भावना

Gokarna Adhikari   POSTED ON : Thursday, 19 May, 2022 | Views : 1186

जापान कोभिड न्यून रहेको देशबाट आउनेलाई क्वारिन्टिन हटाउँदै, नेपालले पनि छुट पाउने सम्भावना


टोकियो, जापान ।

जापान सरकारले कोरोना भाइरस संक्रमण दरहरुको आधारमा जापान आउने मानिसहरूका लागि क्वारिन्टिन नियमहरु चरणवद्ध रुपमा सहज बनाउने भएको छ ।

हालको दैनिक १०,००० बाट २०,००० प्रवेश सीमा अर्को महिनाबाट बढाउँदा जापानले यो सहजता अपनाउने अपेक्षा गरिएको छ ।

एक सरकारी स्रोतले देशहरू र क्षेत्रहरूलाई तीन समूहमा विभाजन गरिने जानकारी दिएको छ । जसमा आगमन भएको देशमा कोभिड सकारात्मक दरहरुमा नियम निर्धारण गरिनेछ ।

सबैभन्दा कम दर रहेको देशहरुबाट आउने आगन्तुकहरुलाई उनिहरुको देशबाट कोभिड परीक्षण नकारात्मक लिएर आएको खण्डमा बिमानस्थल परीक्षण र सेल्फ आइसोलेसन समेत छुट दिइनेछ । यसमा उनिहरुको खोप लगाएको वा नलगाएको विषयलाई जोडेर हेरिनेछैन ।

मध्यम कोभिड संक्रमण दर भएका देशबाट आउने मानिसहरूलाई पनि परीक्षण र सेल्फ आइसोलेसनबाट छुट दिइनेछ । तर उनीहरूले तीन पटक कोभिड बिरुद्धको खोप लगाएको हुनुपर्नेछ ।

सरकारले कोभिड संक्रमण उच्च दर भएका देश वा क्षेत्रबाट आउने आगन्तुकहरूको लागि हालकै उपायहरू कायम राख्ने योजना बनाएको छ ।

हाल नेपालमा दैनिक एक दर्जनको आसपासमा मात्र कोभिड संक्रमण रहेको छ । कोभिड बिरुद्धको खोप दुई मात्रा धेरै व्यक्तिले लगाइसकेको र बुस्टरको तेस्रो मात्रा समेत लगाउने क्रम जारी रहेकाले नेपाल पहिलो समुहमा पर्ने निश्चित जस्तै देखिन्छ । विश्वमै कोभिड संक्रमण पश्चात रिकभरी रेट उच्च रहेको छैटौं नम्वरमा नेपाल रहेको छ । दैनिक संक्रमण समेत विश्वमै अत्यन्त न्यून भएको देशमा नेपाल रहेको छ ।

यदि यहि आधारमा जापानले नेपाललाई राखेको खण्डमा नेपालबाट आउने व्यक्तिले नेपालमा कोभिड परीक्षण नकारात्मक रिपोर्ट बुझाए जापानको बिमानस्थलमा परीक्षण गर्नुपर्ने छैन भने घरमा आएर हाल ३ वा ७ दिन क्वारिन्टिनमा बस्नुपर्ने नियमबाट समेत छुट पाउनेछन् । तर यसबारेमा जापान सरकार योजनामै रहेकाले अझै केहि दिन कर्नुपर्नेछ ।